back
CTIZAN AD

हिक्मत छ भने अब महाधिबेशन तर्फ अगाडि बढ्

वि.सं.२०७७ असार १७ बुधवार

1.1K 

shares

साहास र हिक्मत छ भने अब महाधिबेशन तर्फ अगाडि बढ् । आम नेकपाका कार्यकर्ता नेता को कति पानीमा छौं भन्ने कुरा प्रमाणित गरेर देखाउन तयार छन् । देश र जनताको माया छ भने वर्तमानका समस्यामा समाधान गर्ने गराउन पहल गर जनताको साथ रहने छ । एकले अर्कोलाई आरोप प्रतिआरोप लगाएर सत्ताको लागि केन्द्रीकृत छौ भने त्यसको परिणाम त्यति सहज र सरल रहने छैन । समयमै बुझेर देश र जनताको हितमा अगाडि बढन सबैमा हाम्रो अनुरोध छ ।

नेपालको राजनीतिक दाउपेच केबल आफू सत्तामा रहँदा ठिक अरुले सन्चालन गर्दा बेठिक । सहि र यथार्थको खोज भन्दा पनि भावना र कुन्ठामा कहिलेसम्म ? जहिले पनि देश र जनतालाई अन्धकारको भूमरीमा फसाएर आ–आफ्नै खैचडी कहिलेसम्म बजाई रहने हो ? बिगत देखि वर्तमानसम्ममा क–कसले के कस्तो भूमिका खेलेका छन्, के तिनीहरुको समीक्षा गर्ने पर्दैन ? आखिर सत्ता नै सबै हो भने । अहिले सम्मको त्याग, बलिदान आखिर किन ? अब समय आएको छ ठिक र बेठिकको समीक्षामा अब सबै जुटन पर्ने बेला आएको छ । त्यसको लागि सडकमा ताण्डप नाच्नै पर्देन ।

सन्जालमार्फत छलफल बहस सन्चालन गरेर देश र जनतालाई सचेत बनाउन सकिँदैन र रु आउनु होस् यथार्थ खोजौँ ।
हिजो संविधानसभा निर्वाचन अगाडि नेकपा एमाले (न भाले न पोथि) तथा ढुलमुले पार्टी नेकपा एमाले भन्दै प्रतिपक्षहरुले प्रहार र गिजाउँदै हिड्दा रुमालले मुख छोपी छोपी हिडने झलनाथ– माकुने बामेहरु, २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेससँग मिलेर आफै पत्तासाफ बनेर घुँडा घिस्रीघिस्री एकतामा आउने प्रचण्डहरु । अहिले के.पी ओलीले देखाएको एकता साहास राष्ट्रियताप्रतिको अडान अनि नागरिकताप्रति दुई बर्षे देखि अलपत्र विधेयकको निकाश र पार्टीको एकता अभुतपूर्व सफलतासहित सम्पन्न भएको हो ।

नेकपा भाले हो भनेर प्रमाणीत गरिदिएपछि चुनाव हारेका, केही पद नपाएर कुन्ठा पालेका, भ्रष्टाचारी र दलालीहरु हो, के.पी ओलीलाई एक्लो बनाउने योजना नगर । साहास र हिक्मत छ भने अब महाधिबेशन तर्फ अगाडि बढ् । आम नेकपाका कार्यकर्ता नेता को कति पानीमा छौं भन्ने कुरा प्रमाणित गरेर देखाउन तयार छन् । देश र जनताको माया छ भने वर्तमानका समस्यामा समाधान गर्ने गराउन पहल गर जनताको साथ रहने छ । एकले अर्कोलाई आरोप प्रतिआरोप लगाएर सत्ताको लागि केन्द्रीकृत छौ भने त्यसको परिणाम त्यति सहज र सरल रहने छैन । समयमै बुझेर देश र जनताको हितमा अगाडि बढन सबैमा हाम्रो अनुरोध छ । केही कुन्ठा र पागलपन देखाउँदै युट्यूमा आफ्ना दूतहरुलाई नाँच्न नभन देश प्रवासले हेरिरहेको छ, तिमीहरुको खेल । तिमीहरुका कोठे बैठक र भेलाले तिमीहरुका सन्डमुन्डहरु यूट्यूवहरुमा नाँचेको नाँच कसैले देखेका छैनन् होला भन्ने नसोच । देश प्रवासका सारा जनताले हेरिरहेका छन् ।

समयमा संयम बनेर देश जनता र पार्टीको एकतामा आफूलाई खडा गर्नेुपर्ने र देशलाई यस महामारी, बेरोजगार र अर्थतन्त्रलाई कसरी संकटबाट जोगाउन सकिन्छ भनेर सोच्नुको साटो कोहि सडकबाट ताण्डप नाँच नाँचिरहेका छन् त कोहि जनता भड्काउन अनेकौ तिकडम गर्ने पुगेका छन् । के सरकार परिवर्तन वा प्रधानमन्त्रीको परिवर्तनले देशको देखिएको अहिलेको समस्या समाधान गर्ने सक्दछ र ? पक्कै सक्दैन उल्टै देश अराजकतर्फ धकेल्ने बाहेक केही सकारात्मक देख्न सकिँदैन । अनि किन त यी खेल खेलिरहेका छन ? यी प्रश्नको जवाफ अहिले सबैका मन मनमा छन् । त्यसकारण यसबेला देशका सबै जनता राजनीतिक पार्टी, पक्ष, सत्तापक्ष एकताबद्ध हुनुको विकल्प छैन । यसको लिडरसिप वर्तमान सरकार र नेकपाले नै गर्ने पर्दछ । वर्तमान पार्टीको स्थायी कमिटी बैठक यी माथिका बिषयमा केन्द्रीकृत बनेर समस्या समाधान तर्फमा सफलता मिलोस् हामी र हाम्रो यहि अपेक्षा गर्दछौं ।

तर्क विशलेषण र सम्प्रेषण समाज विकासको लागि अति महत्वपूर्ण तत्वहरु हुन् । सहि र यथार्थको खोजी नै बर्तमान र भविष्यका सन्तानको लागि मार्ग निर्देशन रहन्छ । तर्क कुर्तक, व्यक्तिगत गुठ स्वार्थले अन्तत जनता, देश समाजलाई नै पछाडी धकेल्छ । यसकारण सबैले यी बिषयमा सबैको ध्यान जाओस, चेतना भया ।

वि.सं.२०७७ असार १७ बुधवार १८:३६ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...