
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निबास बालुवाटारमा मध्यान्ह १२ बजेदेखि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
जनाइएअनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । मन्त्रिपरिषद बैठकमा व्यस्त भएका उनी स्थायी समिति बैठकमा उपस्थित नभएका हुन् ।
यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।