
काठमाडौं । सरकारले बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार मन्त्रिपरिषदको आकस्मिक बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
संघीय संसद्को बजेट अधिवेशन गत ३० वैशाखदेखि सुरु भएको थियो ।
यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनले सरकार सञ्चालनमा देखिएका संकटसँगै आगामी विकल्पबारे राष्ट्रपतिसँग परामर्श लिएका थिए ।
सरकारले अचानक संसद अधिवेशन अन्त्यको निर्णय गरेसँगै राजनीतिक वृत्तमा गम्भीर संकटको संकेत देखिएका छन् ।
सम्बन्धित समाचार
नेकपा स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली भने अनुपस्थित