back
CTIZAN AD

ओली–प्रचण्ड वार्ता सकियो, यस्तो निस्कियो निष्कर्ष

वि.सं.२०७७ असार २२ सोमवार

720 

shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको ‘वान टु वान’ छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा समझदारीको विन्दु खोज्ने गरि विषयकेन्द्रित छलफल भएको नेकपा स्रोतले जनाएको छ ।

दोस्रो तहका नेता नराखी भएको ‘वान टु वान’ छलफल विषयगत रुपमा अगाडि बढेको नेकपा स्रोतले बताएको छ । जनाइएअनुसार दुई अध्यक्षबीच मंगलबार पुनः वान टु वान वार्ता हुनेछ । स्रोतले जनाएअनुसार छलफलमा आवश्यक परे सचिवालयका नेताहरु पनि सहभागी हुन सक्नेछन् ।

यसअघि आइतबार दुईअध्यक्षसहित महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्यद्वय वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी थिए । आइतबारको छलफलले सहभागी ४ नेताहरुले सहमतीय बिन्दु पहिल्याउने गरि ड्राफ्ट तयार गर्ने निर्णय भएको थियो ।

सोमबार विषयगत रुपमा अध्यक्षद्वयबीच वान टु वान वार्ता भएसँगै विवाद सहमती नजिक पुग्न थालेको आंकलन गरिएको छ । स्रोतले जनाएअनुसार मंगलबार हुने छलफलले थप केहि निष्कर्ष दिनेछ ।

सोमबार विषयगत रुपमा अध्यक्षद्वयबीच वान टु वान वार्ता भएसँगै विवाद सहमती नजिक पुग्न थालेको आंकलन गरिएको छ । स्रोतले जनाएअनुसार मंगलबार हुने छलफलले थप केहि निष्कर्ष दिनेछ ।

स्थायी समिति बैठकका बीच दुई तिहाई सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी गरेसँगै नेकपाभित्र विवाद चुलिएको हो । पार्टी अध्यक्ष प्रचण्डसहितका सचिवालयका दुई तिहाई सदस्य पनि ओलीले राजीनामा दिनुपर्ने मागमा छन् ।

यता प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने बरु आवश्यक कदम चाल्ने तयारीमा छन् । विवाद बढ्दै जाँदा संसद अधिवेशन स्थगन गराएका उनले अध्यादेश ल्याएरै भएपनि पार्टीभित्रका विरोधीलाई तह लगाउने तयारी गरेका छन् ।

वि.सं.२०७७ असार २२ सोमवार १५:१५ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...