back
CTIZAN AD

पर्यटनमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

वि.सं.२०७७ असार २२ सोमवार

675 

shares

२२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गर्नुभएको थियो । मन्त्री भट्टराई र राजदूत वडबीच विश्वमहामारीको रुप लिइरहेको कोभिड–१० ले पारेको असर र महामारी न्यूनीकरणका लागि गरिएका कामको अनुभव आदानप्रदान पनि भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै राजदूत वडले व्यावसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै अष्ट्रेलियन नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

वि.सं.२०७७ असार २२ सोमवार १५:२८ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...