काठमाडौं । के कोरोना वायुबाट फैलिरहेको छ ? कोरोना वायुबाट फैलिएको कुरालाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गर्दै आएको छ । तर, सयौं वैज्ञानिकहरुले भने कोरोना वायुबाट फैलिने बिमारी भएको दाबी गरेका छन् ।
वैज्ञानिकहरुले कोरोनाको भाइरस हावाबाट फैलिएर मानिसलाई संक्रमित बनाईरहेको बताएका छन् । वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आफ्नो मान्यतालाई परिवर्तन गर्नुपर्ने आग्रह गरेका छन् ।
डब्ल्यूएचओले हालसम्म एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना फैलिरहेको बताएको छ । संक्रमित व्यक्तिले खोक्दा, हाच्यूँ गर्दा मुख या नाकबाट निक्लने पानीबाट अर्को व्यक्ति संक्रमित हुने कुरा डब्ल्यूएचओले बताउँदै आएको छ ।
संक्रमित व्यक्तिले खोक्दा, हाँच्छु गर्दा निक्लने भाइरस हावामा फैलने र उक्त भाइरस हावाको माध्यमबाट अर्को व्यक्तिमा पुग्ने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले उक्त भाइरस हावाको बहावअनुसार जाने र संक्रमण बनाउने बताएका छन् ।
तर, वैज्ञानिकहरुले भने यो मान्यता सहि नभएको बताएका छन् । उनिहरुले डब्ल्यूएचओलाई खुल्ला पत्र लेख्दै मान्यतामा परिवर्तन ल्याउन र रोकथाममा तयारी गर्न पनि आग्रह गरेका छन् ।
एक वैज्ञानिक पत्रिकामा ३२ देशका २३९ वैज्ञानिकले कोरोना भाइरसको फैलावटबारे नयाँ तर्क पेस गरेका हुन् । हावामा मौजुदा भाइरस छोटा–छोटो कणको माध्यमबाट मानिसलाई संक्रमित बनाइरहेको उनीहरुले बताएका छन् ।
संक्रमित व्यक्तिले खोक्दा, हाँच्छु गर्दा निक्लने भाइरस हावामा फैलने र उक्त भाइरस हावाको माध्यमबाट अर्को व्यक्तिमा पुग्ने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले उक्त भाइरस हावाको बहावअनुसार जाने र संक्रमण बनाउने बताएका छन् ।

डब्ल्यूएचओले भने यस दाबी बारे अध्ययन भएपनि पुष्टी नभईसकेको तर्क गरेको छ । डब्ल्यूएचओका संक्रमण रोकथाम तथा नियन्त्रण समुहका प्रमुख डाक्टर बेण्डेटा अलेग्रेंजीले वायुजनित संक्रमण सम्भव हुनसक्ने तर पुष्टी भईनसकेको बताएका छन् ।
डब्ल्यूएचओले भने यस दाबी बारे अध्ययन भएपनि पुष्टी नभईसकेको तर्क गरेको छ । डब्ल्यूएचओका संक्रमण रोकथाम तथा नियन्त्रण समुहका प्रमुख डाक्टर बेण्डेटा अलेग्रेंजीले वायुजनित संक्रमण सम्भव हुनसक्ने तर पुष्टी भईनसकेको बताएका छन् । न्यूर्योक टाईम्सबाट
वि.सं.२०७७ असार २२ सोमवार १५:५४ मा प्रकाशित






























