Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर विरुद्ध मुद्दा



२२ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगका अनुसार २०७४ फागुनसम्म दुगर्म तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत रु एक करोड दुई लाख ७४ हजार ७३९ बराबरको रहेको छ ।

यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ । आयोगको अनुसन्धानमा यादवको रु एक करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै ललितपुरको कोन्ज्योसोम गाँउपालिका–५ को सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरु विरुद्ध रु १५ लाख ५७ हजार ९८२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर (हाल अवकाश प्राप्त) चन्द्र नारायण यादवउपर बिगो रु.१,८५,११,७२८।–कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप पत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७७।०३।२२ गते ।
————————————————-

तत्काल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट ईन्जिनियर (हाल अवकाश प्राप्त) चन्द्र नारायण यादवले पदमा रहँदा गैरकानूनी सम्पति आर्जन गरेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानको क्रममा निज चन्द्र नारायण यादवले मिति २०३६।०८।०२ मा सुनसरी-मोरङ्ग सिंचाई विकास समितिमा ओभरसियर पदबाट म्यादी नियुक्ति भई मिति २०४७।०३।१२ मा इन्जिनियर पदमा स्थायी नियुक्ति पश्चात विभिन्न कार्यालयहरुमा कार्यरत रही मिति २०७४।११।१६ मा सुपरिटेन्डेट ईन्जिनियरको पदबाट अवकाश प्राप्त गरेको देखियो ।

सार्वजनिक सेवामा प्रवेश मिति २०३६।०८।०२ देखि अवकास प्राप्त २०७४ फागुन १६ सम्मको अनुसन्धानमा लिइएको जाँच अवधिमा निजले पारिश्रमिक वचत आय रु.२७¸४६¸६३७।-, दुर्गम तथा स्थानिय भत्ता वापतका आय रु.३,०८,४०२।–¸ कृषि आय रु.२६¸८५¸७००।-,  कर्जा आय रु.३६,५६,९००।-,  कर्जा अ.ल्या. मौज्दात रु.८¸७७¸१००।- समेत गरी जाँचअवधिमा निज चन्द्र नारायण यादवले रु.१,०२,७४,७३९।– आय आर्जन गरेको देखिन्छ ।

सोही जाँच अवधिमा निज चन्द्र नारायण यादवको श्रीमती राधा कुमारी यादव र छोरी आँचल यादवको नाममा दर्ता कायम रहने गरी जग्गा खरिदमा रु.३२¸२४¸२५०।-, घर निर्माण एवं घरमा जडित तथा रहेको फर्निसिङ्ग, फर्निचर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल समाग्री सहितमा रु.९२¸८३¸४६४।-, कर्जा चुक्ता प्रयोजनमा रु.३१,४८,२०४।-, कर्जा बैंक मौज्दातमा रु.८¸७७¸१००।-,  पुँजिगत लाभकरमा रु.५०¸०००।-,  छोरी आँचल यादव र छोरा आभुषण यादवसमेतलाई चिकित्सा शास्त्र MBBS अध्ययनसमेतको शैक्षिक खर्चमा रु.८०¸५९¸४१६।–¸ शेयर खरिदमा रु.१५¸७००।-, नेपाल एसवीआइ बैंक लि. मा रहेको खाता नं. १७७१५२४०००६६९० मा एकैदिन ४ पटक गरी जम्मा भएको स्रोत नखुलेको रकम रु.३५¸५०¸०००।- र  बैंक खाताहरुमा मौज्दात रु.५¸७८¸३३३।- समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानी गर्नमा निजले रु.२¸८७¸८६¸४६८।- खर्च तथा लगानी गरेको देखिन्छ ।

साथै निज चन्द्र नारायण यादवको वैध आय रु.१,०२,७४,७३९।–को अनुपातमा आयभन्दा वढी गरेको रु.१,८५,११,७२८।– बराबरको भागको सम्पत्तिको स्रोत खुल्न नआएको पाइएकोले निज चन्द्र नारायण यादवले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज चन्द्र नारायण यादवलाई बिगो रु.१,८५,११,७२८।– (एक करोड पचासी लाख एघार हजार सात सय अठ्ठाईस) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ मा उल्लेख भए वमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निज चन्द्र नारायण यादवले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको तपसिलमा उल्लेख गरेका सम्पत्तिहरुसमेत साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३¸ १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन निजको श्रीमती राधाकुमारी यादव समेतलाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा