
२२ असार, काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर २६४ जना घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर कोभिड १९ को उपचार गराइरहेकामा २६४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
आज २६४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८११ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ४६९ जना प्रदेश २ मा २०७२ जना, बाग्मती प्रदेशमा २३९ जना, गण्डकी प्रदेशमा २९५ जना प्रदेश नम्बर ५ मा १८५७ जना, कर्णाली प्रदेशमा १,२२२ जना र सुदूरपश्चिम प्रदेशमा ६६२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
आज १३२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ६५४७ पुग्यो