back
CTIZAN AD

पार्टीभित्र विवाद चर्चिदाँ, यता न उताका परे यी ८ मन्त्री

वि.सं.२०७७ असार २३ मंगलवार

738 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद अहिले उत्र्कषमा छ । विवाद समाधानको लागि शीर्ष तहमा निरन्तर संवाद चलिरहेको भए पनि विवाद समाधान सहजै भइहाल्ने अवस्था भने देखिएको छैन् ।

विवाद समाधानको लागि शीर्ष नेतृत्वबीच निरन्तर भेटवार्ता बाक्लिएको भएपनि संवाद समाधानको नजिक पुगेको देखिँदैन् । यसबीच विवाद बढ्दै जाँदा कतिपय ठाउँमा नेताका समर्थकहरु बीच झडपका घटनासमेत भएका छन् ।

ओली गम्भिर तयारीमा छन्

पार्टी विवाद बढ्दै जाँदा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन स्थगन गराएका छन् । नेकपा नेतृत्वले सार्वजनिक गरेअनुसार उनी विवाद नमिले पार्टी सहजै विभाजन गराउन मिल्ने अध्यादेश ल्याउने तयारीमा छन् ।

विवाद बढ्दै जाँदा विवाद समाधानका लागि पछिल्लो केहि दिनदेखि पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भईरहेको छ । तर यसबीच ओलीले प्रतिपक्षी दलका नेतासँग पनि वान टु वान वार्ता गरिहेका छन् ।

केहि दिन अघि मात्रै ओलीका समर्थकले नेकपा एमाले नामको पार्टीसमेत दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

विवाद बढ्दै जाँदा विवाद समाधानका लागि पछिल्लो केहि दिनदेखि पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भईरहेको छ । तर यसबीच ओलीले प्रतिपक्षी दलका नेतासँग पनि वान टु वान वार्ता गरिहेका छन् ।

कुनै हालतमा पद नछोड्ने बताईरहेका ओलीले विवाद समाधान नभए के गर्छन् त्यो अलमलको विषय छ ।

यता न उताका परे यी ८ मन्त्री

गत शनिबार मात्रै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बसालेर मन्त्रिहरुलाई आफ्नो कित्ता छुट्याउन आग्रह गरेका थिए । उनले पार्टी गम्भिर मोडमा पुगेको भन्दै कता जाने निर्णय गर्न सुझाएका थिए । उनले प्रष्टै रुपमा पार्टी गम्भिर मोडमा पुगेको भन्दै जुनसुकै बेला जे पनि हुनसक्ने बताएका थिए ।

गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री वर्षमान पुन,पर्यटन मन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री विना मगर अहिले निकै असहजतामा रहेको बताइएको छ ।

ओलीको कित्ताकाटको सुझावसँगै मन्त्रिपरिषदमा सहभागी ओलीइतरका आठ मन्त्रीको भने मनमा ढ्यांग्रो ठोकेको छ । मन्त्रिपरिषदमै सहभागी अनि प्रधानमन्त्रीको विरोध गर्दै आएका प्रचण्ड–माधव नेपाल समुहका मन्त्रिहरु कुन बेला मन्त्रि पद खुस्किने भन्ने अन्यौलमा छ । पार्टीभित्रको विवादले जस्तो अवस्था आउन सक्ने सम्भावना देखिएका बेला उनिहरुको पद जोखिममा परेसँगै अन्यौंलमा परेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री वर्षमान पुन,पर्यटन मन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री विना मगर अहिले निकै असहजतामा रहेको बताइएको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १४:१७ मा प्रकाशित