back
CTIZAN AD

बिष्णु जोशीको ‘ल्याँङ भो’ सार्वजनिक ( भिडियो सहित )

वि.सं.२०७७ असार २३ मंगलवार

1K 

shares

काठमाडौं । युवा पुस्ताको आवाज समेटिएको गीत ‘ल्याँङ भो’ सार्वजनिक भएको छ। व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराश र आक्रोशित देश भित्र र बिदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ।

रक भर्सनको यस गीतमा गीतकार तथा कवि बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलको स्वर र सङ्गीत रहेको छ। हाल लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन निरौलाले बनाएका हुन्। छिट्टै अफ़िसिएल भिडियो सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी गीतकार जोशीले दिएका छन्। लिरिकल भिडियो जोशीकै च्यानल मदर नेपाल मार्फत सार्वजनिक गरिएको छ।

अमेरिकामा विज्ञानमा विद्यावारिधी गर्दै गरेका जोशी नेपालफर्कौं माहाअभियानका अभियन्ता समेत हुन्। उनि भन्छन ‘यो गीतमा आक्रोश छ तर, विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैले अन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेश मै धैर्यताका साथ उद्धयम गरी यसै पुस्तामा देश बनाउन आव्हान गरेको छ।’

 

वि.सं.२०७७ असार २३ मंगलवार १४:०८ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...