२६ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ लाख ९० हजार नाघेको छ। वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार ८ सय ८२ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६ सय २३ रहेको छ ।
पछिल्लो २४ घण्टामा २५ हजार ७ सय ९० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ७९ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड २३ लाख ८७ हजार ८ सय २८ पुगेको छ भने ५ लाख ५७ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार २६ शुक्रवार ०९:०४ मा प्रकाशित






























