back
CTIZAN AD

फिप्नाद्धारा दैलेखका राउटे समुदायलाई खाद्यान्न वितरण

वि.सं.२०७७ असार २६ शुक्रवार

786 

shares

२६ असार, काठमाण्डौं । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले दैलेखका राउटे समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको अवस्थामा कोरोनालो प्रभावित अमेरिकाको न्युयोर्कमा रहेका नेपालीहरुमा राहत वितरणमा सक्रिय रहेको फिप्नाले नेपालमा पनि राहत वितरणको कार्यलाई तिब्रता दिएको छ ।

यसै सीलसीलामा महासंघले असार २५ गते दैलेखको गुराँस गाउँपालिकामा रहेका ५३ घर परिवार राउटे समुदायलाई खाद्यान्नसहित टेन्ट वितरण गरेको आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिएका छन् ।

राहत वितरणका लागि समन्वयात्मक भूमिका खेलेर सहयोग पुर्याउने नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर, नेफिन गुराँस गाउँपालिका र समन्वयात्मक भुमिकाको लागी नेफिन केन्द्र साथै विदेश विभाग ईन्चार्ज गोविन्द छन्त्याल, गुराँस गाउँपालिकाका अध्यक्षप्रति महासंघले धन्यवाद ज्ञापन गरेको छ ।

महासंघले राजधानीका विभिन्न ठाउँमा सडकमा रहेका बालबालिका, बृद्धबृद्धा, अपांग तथा विपन्नहरुलाई खाना खुवाउने काम समेत गरिरहेको छ ।

उपत्यकामा ५ दिनदेखि प्रत्येक दिन ३०० जनालाई खाना वितरण गरीरहेको महासंघले जनाएको छ । यो कार्य एकसातासम्म गरिने अध्यक्ष चेम्जोङले जानकारी दिएका छन् ।  साथै उपत्यकामा रहेका घरबाहविहिनहरूलाई २० थान त्रिपाल समेत वितरण गरेको पनि अध्यक्ष चेम्जोङले जानकारी दिए ।

त्यसैगरी महासंघले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा . न १ का ६० घर मुसर समुदायलाई अषाढ २२ गते राहत वितरण गरेको छ ।

अषाढ २६ गते धनकुटाको लेउती कोरिडोरका ६५ परिवारलाई खाद्यान्न वितरण गरिसकेको छ भने मकवानपुरको राक्सिराँङ गाउँपालिका वडा न ५ मा आज राहत वितरण गरिदैछ । साथै सुनसरीको मधुवन कोशी टप्पु, कोशी गाउँपालिकाका ४० परिवार मजदुरहरूलाई असार २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गरीने महासंघले बताएको छ ।

महासंघले दिएको जानकारी अनुसार प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल र १ प्याकेट नुनका दरले खाद्यान्न वितरण गरीने छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वयमा स्थानिय गाउँपालिका , स्थानिय संघसंस्थाहरू, नेफिन शाखाहरू, फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्यमा राहत वितरणका काम गरिएको फिप्नाले जनाएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार १३:०० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...