back
CTIZAN AD

केन्द्रीय समिति बैठक बोलाउने दाहाल–नेपाल समुहको निर्णय

वि.सं.२०७७ साउन १ बिहीवार

702 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाले तत्काल केद्रीय समितिको बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको छ । दाहाल–नेपाल समुहका सचिवालय एंव स्थायी समितिका सदस्यहरुको बिहिबार साँझ खुमलटारमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

पार्टी विवादका बारे प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा सहमति नजुटेपछि दाहाल–नेपाल समुहका नेताहरु साँझ छलफलमा जुटेका थिए । बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किए लगत्तै सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललगायतका नेताहरु खुमलटार पुगेका थिए ।

खुमलटार भएको छलफलमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार शुक्रबार बस्ने स्थायी समितिले केन्द्रीय समिति बैठक बोलाउन र मिति तोक्न दवाव दिनेछ ।

यसअघि बिहिबार दिउसो बालुवाटार बैठकमा प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए तर ओलीले ठाडै अस्वीकार गरेका थिए ।

सत्तारुढ नेकपाभित्र विवाद चर्किएसँगै स्थायी कमिटी बैठक साउन २ सम्मको लागि स्थगित छ । विवाद बढ्दा शीर्ष नेताहरु बैठक नै रोकेर छलफलमा जुटेका थिए ।

गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै विवाद उत्कर्षमा पुगेको थियो । नेकपाभित्रका प्रचण्ड–माधव समुहका ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका थिए ।

सम्बन्धित समाचार

ओली पुरानै अडानमा, विना निष्कर्ष टुंगीयो त्रिपक्षीय बैठक

वि.सं.२०७७ साउन १ बिहीवार २२:३६ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...