काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि बसेको त्रिपक्षीय बैठक विना निष्कर्ष टुंगीएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकलम दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बैठक विना निष्कर्ष टुंगीएको हो ।
नेकपा स्रोतले जनाएअनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पुरानै अडानमा देखिएका छन् । जनाइएअनुसार आजको बैठकमा दाहाल र नेपालले ओलीको राजीनामा माग गरेका थिए ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षको बोली नै सुन्नै तयार नभएको नेकपा स्रोतले जनाएको छ ।
यसअघि दाहाल–नेपाल समुहका सचिवालय सदस्यको छुट्टै भेला भएको थियो । सचिवालयका बहुमत सदस्यले ओलीको राजीनामा माग्ने निर्णय गरेसँगै बालुवाटारमा त्रिपक्षीय संवाद सुरु भएको थियो ।
आजको छलफल निष्कर्ष बिहिन बनेसँगै शुक्रबार बोलाइएको स्थायी समिति बैठक पनि अन्यौंलमा परेको छ ।
सम्बन्धित समाचार
वि.सं.२०७७ साउन १ बिहीवार १४:४९ मा प्रकाशित






























