back
CTIZAN AD

ल्यापटपमा बढि तात्ने समस्यालाई कसरी हल गर्ने ? जान्नुहोस् ४ तरिका

वि.सं.२०७७ साउन १ बिहीवार

1.6K 

shares

काठमाडौं । कोरोना महामारीको कारण धेरै मानिसहरुले आ–आफ्नो काम घरबाट गर्ने गरेका छन् । यस्तोमा ल्यापटपको प्रयोग बढेको छ । मानिसहरुले ल्यापटपको प्रयोग गरि अनलाईनबाटै अफिसको काम गर्ने गरेका छन् ।

यस्तोमा ल्यापटपको प्रयोग गर्दै गर्दा धेरै मानिसहरु अनेकन समस्यामा पनि पर्ने गरेका छन् । धेरै मानिसहरुले ल्यापटप तात्ने र आफैं अफ हुनेलगायतका समस्याहरु ब्योहोर्दै आएका छन् । धेरै तात्ने समस्या भएका कतिपयका ल्यापटप निकै छिटो पनि बिग्रिएका पाइन्छन् ।

आज हामी तात्ने समस्याबाट कसरी जोगाउने र आफ्नो ल्यापटप कसरी सुरक्षीत चलाउने भन्ने बारे केहि टिप्स दिँदैछौं । ल्यापटप तात्दा तात्दै धेरै चलाएको खण्डमा निकै छिटो पनि बिग्रने गर्दछ । जान्नुहोस् ल्यापटपमा छिटो तात्नबाट कसरी जोगाउन सकिन्छ ?

१. कुलिङ्ग किटको प्रयोग गर्नुहोस्

ल्यापटप धेरै तात्ने खालको छ भने तपाईंले तत्कालै कुलिङ्ग किटको प्रयोग गर्नुपर्ने हुन्छ । ल्यापटपको बनावटअनुसार कुलिङ्ग किटको प्रयोग गर्दा ल्यापटप कम तात्ने हुन्छ साथै ल्यापटपको ब्याट्रि पनि लामो समय टिक्ने हुन्छ ।

cooling kit

२. ल्यापटपको राख्ने ठाउँ ख्याल गर्नुहोस्

ल्यापटपले कुलिङ्गको तल्लो भागबाट चिसो हावा लिने गर्दछ । यदि यस्तोमा तल्लो भाग बन्द हुन पुग्यो भने ल्यापटपमा तात्ने समस्या बढि आउँछ । ल्यापटपको बढि तात्ने समस्या हल गर्न कुलिङ्ग किट नभए ल्यापटपको तल्लो भागमा किताब या कुनै काठको टुक्रा जस्ता कुरा राखी हावा खेल्ने बनाउन सकिन्छ ।

laptop

३. ल्यापटपको नियमित सफाई गर्ने

कहिले काँही ल्यापटपको हावा जाने ठाउँमा फोहोर वा धुलो जम्मा हुँदा धेरै तात्ने समस्या पनि आउँछ । त्यसकारण ल्यापटपलाई बेला–बेलामा सरसफाई गर्दा त्यस्तो समस्या हल हुन जान्छ ।

४. फ्यान बिग्रे तत्काल परिवर्तन गर्नु

ल्यापटपमा धेरै तात्ने समस्या ल्यापटपको फ्यानको खराबीको कारण पनि हुन्छ । यदि तात्दातात्दै धेरै चलाए ल्यापटप नै तत्कालै ड्यामेज पनि हुनसक्छ । यस्तोमा तपाईंले ल्यापटपको फ्यानलाई तत्काल परिवर्तन गरि ल्यापटपलाई सुरक्षित रुपमा चलाउन सक्नुहुन्छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ साउन १ बिहीवार १४:२६ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...