१ साउन, काठमाडौं । चीनको बुहानबाट सुरु भएर विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका यी दश देश जो सबैभन्दा प्रभावित भएका छन् ।
अमेरिका-यी दश देशमा सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । जहाँ ३६ लाख १६ हजार ७४७ बढी संक्रमित भएका छन् भने १ लाख ४० हजार १४० जनाको मृत्यु भइसकेको छ । त्यहाँ कूल संक्रमित मध्ये १६ लाख ४५ हजार ९६२ जना निको भइसकेका छन् ।
ब्राजिल- सबैभन्दा प्रभावित हुने दोश्रो देशमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म १९ लाख ७० हजार ९०९ संक्रमित भएका छन् भने ७५ हजार ५२३ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १६ लाख ४५ हजार ९६२ जना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
भारत- भारत प्रभावित दश देशमध्ये तेश्रोमा रहेको छ । भारतमा हालसम्म ९ लाख ७० हजार १६९ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ६ लाख १३ हजार ७३५ रहेको छ । भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ९२९ पुगेको छ ।
रसिया-चौथो नम्बरमा रुस रहेको छ । रुसमा हालसम्म ७ लाख ४६ हजार ३६९ जना संक्रमित भएका छन् । जसमध्ये ५ लाख २३ हजार २४९ निको भएका छन् । रुसमा मृतकको संख्या ११ हजार ७७० रहेको छ ।
पेरु-पेरु पाँचौ प्रभावित देश रहेको छ । त्यहाँ ३ लाख ३७ हजार ७२४ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये २ लाख २६ हजार ४०० जना निको भइसकेका छन् । त्यहाँ १२ हजार ४१७ जनाको मृत्यु भएको छ ।
चिली- चिली संक्रमितबाट प्रभावित छैठौ देश भएको छ । जहाँ ३ लाख २१ हजार २०५ जना संक्रमित भेटिएका छन् भने २ लाख ९२ हजार ८५ जना निको भइसकेका छन् । त्यहाँ मृतकको संख्या ७ हजार १८६ पुगेको छ ।
मेक्सिको- मेक्सिको दश प्रभावित देशमध्ये सातौंमा परेको छ । जहाँ ३ लाख १७ हजार ६३५ जना संक्रमित भेटिएका छन् भने निको हुनेको संख्या १ लाख ९९ हजार १२९ पुगेको छ । त्यहाँ मृतकको संख्या ३६ हजार ९०६ रहेको छ ।
दक्षिण अफ्रिका- दक्षिण अफ्रिका आठौं प्रभावित देश बनेको छ । त्यहाँ ३ लाख ११ हजार ४९ जना संक्रमित भेटिएका छन् भने निको हुनेको संख्या १ लाख ६० हजार ६९३ रहेको छ । त्यहाँ हालसम्म ४ हजार ४५३ जनाको मृत्यु भएको छ ।
स्पेन- स्पेन प्रभावित देशमध्ये नवौं नम्बरमा रहेको छ । त्यहाँ हालसम्म ३ लाख ४ हजार ५७४ जना संक्रमित भेटिएका छन् भने हालसम्म २८ हजार ४१३ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।
ब्रिटेन- ब्रिटेन प्रभावित मध्ये १० औं नम्बरमा रहेको छ । त्यहाँ हालसम्म २ लाख ९१ हजार ९११ जना संक्रमित भेटिएका छन् । त्हयाँ ४५ हजार ५३ जनाको मृत्यु भएको छ । ऐजेन्सीको सहयोगमा
वि.सं.२०७७ साउन १ बिहीवार १४:०९ मा प्रकाशित






























