back
CTIZAN AD

दुरासयपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजनमाथि कारवाहीको माग

वि.सं.२०७७ साउन १ बिहीवार

834 

shares

१ साउन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई लक्षित दुरासयपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै समाजवादी युवा संघले एक टेलिभिजनसँग माग गरेको छ ।

संघले माउन्टेन टि.भि द्वारा प्रसारित समाचारले देशको एकता स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पुर्याउनुका साथै नेता डा भट्टराईप्रति लक्षित कपोलकल्पित समाचार प्रसारण गरेको भन्दै उक्त टिभीलाई कारवाही गर्न माग गरेको हो ।।

माउन्टेन टेलीभिजनद्वारा प्रसारित समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक उनको मन्त्रीमण्डल, प्रम ओलीका सहकर्मी नेताहरु, देशमा विद्यमान राजनीतिक दलहरु, प्रशासक, कर्मचारी र नागरिक समाज भारतीय स्वार्थमा भारतका लागि काम गरिरहेको र यी सबैको नेतृत्व नेता डा भट्टराईले गरिरहेको भन्ने समाचार निराधार र कपोल्कल्पित भएको युवा संघका महासचिव जितेन्द्र सिंह महराद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यस्ता भ्रामक र प्रायोजित समाचार प्रसारण गरेर देशको स्वतन्त्रता, स्वाभिमान, सार्वभौमसत्ता र राष्ट्रिय एकतामा गम्भिर चोट पु¥याउने अपराधिक कार्य गरेको समाजवादी युवा संघको ठहर छ ।

आधारहिन समाचार प्रसारण गरेर देशको स्वन्त्रता, स्वाभिमान, सार्वभौमसत्ता, राष्ट्रिय एकतामा गम्भिर चोट पु¥याएको हुँदा यस्ता अफवाह फैलाउने उक्त मिडियालाई तत्काल कारवाही गर्न सरकार तथा प्रेस काउन्सिलसँग माग गरिएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार २०:०१ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...