back
CTIZAN AD

विवादै विवादका बीच नेकपाको स्थायी कमिटी बैठक बस्दै, के निस्केला त समाधान ?

वि.सं.२०७७ साउन २ शुक्रवार

747 

shares

काठमाडौं । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दैछ । आन्तरिक विवादका कारण १७ असारयता चारपटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बस्न लागेको हो ।

नेकपा स्रोतले जनाएअनुसार बैठक ११ बजेदेखि सुरु हुनेछ । बैठकको विषयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भईरहेको छ ।

यसअघि बिहिबार पार्टी विवाद समाधानका लागि ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो ।छलफलमा पार्टी विवाद समाधानबारे सहमती नभएपनि स्थायी समिति बैठक बसाल्ने भन्नेमा भने सहमती भएको थियो ।

आजको बैठकमा केन्द्रीय समिति बैठक बोलाउने बारे नेताहरुले प्रस्ताव राख्ने तयारी गरेका छन् । बिहिबार खुमलटार भएको दाहाल–नेपाल समहुको भेलाले पनि केन्द्रीय समिति बैठक बोलाएर पार्टी विवाद समाधान खोज्ने निष्कर्ष निकालेको थियो ।

गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै विवाद उत्कर्षमा पुगेको थियो । नेकपाभित्रका प्रचण्ड–माधव समुहका ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका थिए ।

सम्बन्धित समाचार

केन्द्रीय समिति बैठक बोलाउने दाहाल–नेपाल समुहको निर्णय

वि.सं.२०७७ साउन २ शुक्रवार १०:१८ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...