वलिउड अभिनेता शुसान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा भारतका पूर्वमन्त्री तथा भाजपा सांसद सुब्रमण्यम स्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै सीबीआईमार्फत् गम्भीर छानविनका लागि माग गरेका छन् ।
उनले यसबारेमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनेका थिए-मलाई विश्वास छ सुशान्तको अकालमा भएको मृत्युको बारेमा तपाईलाई थाहा छ । मेरो वकिल इशंकरण भण्डारीले सुशान्तको कथित आत्महत्याका बारेमा जाँच गरेका छन् । हाल प्रहरी एफआइआर भएपछि पनि यसबारेमा जाँच गरिरहेको छ ।
मलाई मेरो शुत्रबाट पत्ता लागेको छ कि, दुबईको डनसँग जोडिएको वलिवुड फिल्म इण्डष्ट्रिजमा धेरै ठूला नाम सुशान्तको मृत्युलाई आत्महत्या देखाउनका लागि दवाव दिइरहेका छन् । म तपाईसँग विन्ती गर्छु कि, तपाई महाराष्ट्रका सीएमलाई सल्लाह दिनुस् कि उनी सुशान्तको केसमा सीबीआई जाँचका लागि तयार होउन् । जनताको विश्वास कायम राख्नका लागि यस मुद्दाको सीबीआइद्धारा जाँच हुन जरुरी छ । म विस्वस्त छु कि, तपाईको सल्लाहले महाराष्ट्रका सीएम सीबिआई जाँचका लागि तयार हुनेछन् ।
Senior BJP MP, Dr @Swamy39 jee writes letter to PM Modi urging for CBI investigation for full & Transparent Justice to Bollywood actor Sushant Singh Rajput’s death… ?? pic.twitter.com/F7ZxwQkN6o
— Dharma (@Dharma2X) July 15, 2020
यस भन्दा पहिले पनि सुशान्तका फ्यान र भाजपाका नेता तथा कलाकार रुपा गांगुलीलगायतले पनि सुशान्तको मृत्युबारे सीबीआइ जाँचको माग गरेका थिए । गांगुलीले प्रहरीद्धारा गरिएको जाँचमै प्रश्न उठाउँदै ट्विट गरेका थिए-प्रहरीले शुसान्तको पार्थिव शरीरको फोटोग्राफ्स किन हटायो ? उनको फोटो देखेर सबैलाई शंका लागेको थियो कि, उनको घाँटीमा जुन मार्क थियो त्यो सुसाइडमा हुँदैन ।
सुशान्तकी प्रेमिका रियाले पनि गरिन् सीबीआ जाँचको माग
त्यसैगरी सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवतिले पनि ट्विट गर्दै सुशान्तको आत्महत्या केशमा सिबीआइ जाँचको माग गरेकी छन् ।
उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै ट्विटरमा लेखेकी छन् – आदरणीय अमित शाह सर । म सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड रिया चक्रवर्ती । उनको अकास्मात मृत्यु भएको एक महिना बितेको छ । मलाई सरकारसँग पूरा भरोसा छ । तर न्यायको हितका लागि हात जोडेर यस केशमा तपाईसँग सीबीआई जाँच गर्नका लागि अनुरोध गर्दछु । म यति बुझ्न चाहान्छु कि, के दवाव थियो, जसका लागि शुसान्तले यो कदम उठाए !
उता प्रहरीले रिया चक्रवतिको ट्रान्जेक्सनका बारेमा जाँच गरिरहेको छ । प्रहरीको जाँचमा रियाले सुशान्तको पैसा खर्च गरिरहेको प्रमाण मिलेको बताइएको छ । प्रहरीले रियाले कति पैसा खर्च गरिन भन्ने कुरा खोजी गरिरहेको बताइएको छ । ऐजेन्सी
Respected @AmitShah sir ,
I’m sushants Singh Rajputs girlfriend Rhea chakraborty,it is now over a month since his sudden demise
I have complete faith in the government, however in the interest of justice , I request you with folded hands to initiate a CBI enquiry..part 1 ..— Rhea Chakraborty (@Tweet2Rhea) July 16, 2020
सुशान्तको मृत्यु भएको एक महिनापछि उनकी प्रेमिका रियाले लेखिन् यस्तो भावुक स्टाटस
वि.सं.२०७७ साउन २ शुक्रवार १२:०४ मा प्रकाशित






























