
२ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी स्थायी कमिटीको बैठक आज दिउँसो ३ः०० बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भएको छ ।
स्थगित स्थायी समितिको बैठक साउन ४ गते ३ः०० बजे हुनेगरी तोकिएको उनले जनाएका छन् ।
जेठ १० गते देखि सुरु भएको स्थायी किमिटीको बैठक ५ औँ पटक पनि बस्दै बस्दै नबसी स्थगित भएको छ ।