back
CTIZAN AD

रामायण, राम र अयोध्या

वि.सं.२०७७ साउन ३ शनिवार

663 

shares

 विभिन्न रामायणका आ–आफ्नै अनेक राम छन्, अनेक सीता छन् र लक्ष्मण छन् । यति धेरै रामायणलाई एउटै प्रमाणीकरण गर्दा रामायणमाथि नै अन्याय हुन्छ त्यसैले नेपालले अयोध्या नेपालमा, भारतले भारतमा, थाइल्यान्डले थाइल्यान्डमा विश्वास गर्छन् । एउटै ठीक भन्ने संस्कृतिमाथिको हस्तक्षेप हो । भारत नेपालको सीमामा विस्तारवादी भएझैं संस्कृतिमा पनि विस्तारवादको षडयन्त्र गरिरहेको छ । नेपालका भारतीय दलालहरू आफ्ना सक्कली अनुहारहरू उदाङ्गो पारिरहेका छन् । रामायण इतिहास होइन मिथक हो ।

जुलाई १३, २०२० सोमबार भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले अहिले मिडियामा तरङ्ग छाएको छ । ओलीको यो अभिव्यक्ति सामान्य चर्चा चलिरहेकै बहस हो । डा। एनएन पानिकरका अनुसार रामायण इतिहास होइन यो मिथोलोजी हो । यो इतिहासको अनुसन्धान जस्तो तथ्यगत हुँदैन । यदि मिथकलाई इतिहासमा घुलन गर्ने हो भने इतिहास बरालिन पुग्छ । नेपाली जनमानसले सामान्यतया वाल्मिकीको संस्कृत भाषाको रामायण, तुलसीदासको अवधी भाषाको रामायण र भानुभक्त आचार्यको नेपाली भाषाको रामायण बुझ्ने गरेको पाइन्छ । एके रामानुजम, डा क्यामिले बुल्के र डा। अजिज थारुभानाले रामायणमा धेरै अनुसन्धान गरेका छन् । उनीहरूका अनुसार विश्वमा मौखिक, चित्रगत र लिखित गरेर ३०० भन्दा बढी रामायण संस्करण देखिएका छन् । भारत बाहेक नेपाल, थाइल्यान्ड, ताइवान, मलेसिया, भुटान, श्रीलंका, चीन, पाकिस्तान, भियतनाम, जापान, बंगलादेश, अफगानिस्तान र फिलिपिन्समा आआफ्नै रामायण छन् । हिन्दु, बुद्धिष्ठ, जैन, दलित, आदिवासी र मुस्लिम रामायण परम्परा अनुसार उपलब्ध छन् ।

विभिन्न रामायणमा राम र सीताको सम्बन्ध स्थान अनुसार फरकफरक पाइन्छ । बुद्धिष्ठ रामायणमा सीता रामकी पत्नी नभएर बहिनी लेखिएको छ । मलेयालम कवि भायालार रामवर्माको कविता रावणपुत्री दक्षिण भारतमा प्रसिद्ध छ । भारतको हिमाचल प्रदेशमा लाहौल भन्ने ठाउँ छ त्यहाँ लाहौली भाषा बोलिन्छ । इतिहासकार छिरिङ दोर्जेका अनुसार लाहौली रामायणमा सीतालाई रावणकी छोरी भनिएको छ । एउटा कथा अनुसार एकसमय एकजना ब्राह्मण लक्ष्मीको तपस्यामा थिए । ब्राह्मणको छेउको कलश रावणले घर ल्याएर पत्नी मन्दोदरीलाई यसमा विष छ जतनगरी राख्नु भनेर आफू तपस्या गर्न हिँडे । पतिदेखि दिक्दार भएर मन्दोदरीले कलशको विषपान गर्दा उनी गर्भवती भइन । डराएर आफ्नो गर्भको सन्तान धरतीमा गाडिन । केही समय पछि राजा जनकले हलो जोत्दा जिउँदो कन्या प्राप्त गरे । यही कारण सीता जनकपुत्री भइन तर लाहौलमा सीता रावणकी पुत्री मानिन्छिन् ।

प्राचीन तुर्किस्तानको कोथानमा बहुपतिप्रथा थियो । त्यहाँको रामायणमा सीता राम र लक्ष्मण दुबैकी पत्नी उल्लेख गरिएको छ । इन्डोनेसियाको हिकायत रामायण अनुसार राम–लक्ष्मणले अल्लाहको आराधना गरेको कथा छ । रामायणका पात्रमा एडम नबी, मोहमद नबी, अली, जीब्रिल आदि पात्रहरू उल्लेख गरिएको छ । पौमाचार्य लिपिमा लेखिएको जैन रामायण अनुसार रावणलाई रामले नभएर लक्ष्मणले मारेको र यो हिंसाको अपराधमा उनी नर्क गएको वर्णन गरिएको छ । भारतको केरला वायनाडको आदिरामायणमा रामलाई त्यहाँको आदिवासी देउताभन्दा मुनि देखाइएको छ । आदिवासी देउताहरू माल्लापन, सिद्धापन र निन्जापनले रामलाई पत्नी र छोराहरू छाडेको अभियोगमा गोथराको अदालतको कठघरामा उभ्याएको आलेख पाइन्छ ।

रामायणमा उद्धृत अयोध्याबारे एसियाली देशहरूमा विवाद रहेको छ । थाइल्यान्डको बुद्धिष्ठ रामायणले अयोध्या त्यहाँ रहेको दावी गरेको छ । थाइहरू अयोध्यालाई अयुध्या उच्चारण गर्छन् । इन्डोनेसियामा त्यहाँ प्रचलित लोकगीतहरूमा अयोध्या त्यहाँ रहेको भाकाहरू प्राप्त भएका छन् । भारतमै स्थानबारे धेरै विवादहरू छन् । केरलाको वायनाडमा पुलपल्ली आश्रमामकेल्ली गाउँ छ । जनश्रुति अनुसार पुलपल्लीका मानिस त्यहाँको जधायात्ता काभु मन्दिर भएको ठाउँ सीता धरतीमा समाहित भएको ठाउँ भन्छन् । सीता पृथ्वीमा समाहित हुनलाग्दा रामले सीताको चुल्ठो समातेर तान्दा चुल्ठो चुँडियो । त्यहाँको स्थानीय भाषामा जधा भनेको कपाल र यात्ता भनेको चुँडिनु हो । यसैले त्यहाँ जधायात्ता काभु रहेको विश्वास गरिन्छ । अयोध्या जस्तै लंका पनि विवादित छ । भारतीय बुद्धिजीवी हसमुख धीरजलाल संकालियाको पुस्तक रामायण स्टडिज अनुसार लंका मध्यप्रदेशमा पर्छ । आजको श्रीलंकाको पुरानो नाम थमरापारनी थियो । संकालिया भारतका प्रसिद्ध संस्कृत र पुरातत्वका विद्वान मानिन्छन् । भारतको वायनाड र नेपाल चितवनको अयोध्यापुरीमा बाल्मिकी आश्रम रहेको पनि भेटिएको छ ।

निष्कर्षमा भन्ने हो भने विश्वमा एक होइन अनेक रामायण छन् । उदाहरणका लागि डा. अजिज थाराभानाको पुस्तक हाउ मेनी रामायन्स प्रसिद्ध छ । विभिन्न रामायणका आ–आफ्नै अनेक राम छन्, अनेक सीता छन् र लक्ष्मण छन् । यति धेरै रामायणलाई एउटै प्रमाणीकरण गर्दा रामायणमाथि नै अन्याय हुन्छ त्यसैले नेपालले अयोध्या नेपालमा, भारतले भारतमा, थाइल्यान्डले थाइल्यान्डमा विश्वास गर्छन् । एउटै ठीक भन्ने संस्कृतिमाथिको हस्तक्षेप हो । भारत नेपालको सीमामा विस्तारवादी भएझैं संस्कृतिमा पनि विस्तारवादको षडयन्त्र गरिरहेको छ । नेपालका भारतीय दलालहरू आफ्ना सक्कली अनुहारहरू उदाङ्गो पारिरहेका छन् । रामायण इतिहास होइन मिथक हो ।

वि.सं.२०७७ साउन ३ शनिवार ०८:५३ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...