back
CTIZAN AD

भारतमा नेपालीको कपाल खौरेर टाउकोमा ‘श्रीराम’ लेखेर नेपाल र नेपालीको अपमान गर्ने व्यक्ति पक्राउ

वि.सं.२०७७ साउन ३ शनिवार

870 

shares

३ असार, काठमाण्डौं । भारतमा नेपालीको कपाल खौरेर टाउँकोमा ‘श्रीराम’ लेखेका एक व्यक्ति पक्राउ परेका छन् ।

भानुभक्तको जन्मजयन्तीका अबसरमा अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतका विभिन्न धार्मिक संगठनद्धारा विरोध भइरहेको अवस्थामा एक व्यक्तिले एक नेपाली नागरिकको कपाल खौरेर टाउकोमा श्रीराम लेखिदिएको भिडियो शुक्रबार सामाजिक संजालमा भाइरल बनेको थियो ।

उक्त भिडियो सार्वजनिक भएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग यस विषयमा टेलिफोन संवाद गरेको र टेलिफोनका क्रममा मुख्यमन्त्री योगीले यस्तो कार्यगर्नेलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका थिए ।

ती व्यक्ति विश्व हिन्दु सेनाका कार्यकर्ता रहेको र ती नेपालीलाई जर्वजस्ती नियन्त्रणमा लिएर उनको केस खौरिएर टाउकोमा श्रीराम लेख्न लगाई प्रधानमन्त्री केपी ओली र नेपालविरुद्ध नारा समेत लगाउन दवाव दिएका थिए ।

उक्त भिडियो विश्वहिन्दु सेनाकै अध्यक्ष अरुण पाठकले आफ्नो फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहित अन्यविरुद्ध भेलुपुर थानामा एफआइआर दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो ।

सोहि क्रममा वाराणसी प्रहरीले नेपालीमाथि दुव्र्यवहार गर्ने सन्तोष पाण्डे नामका ती व्यक्तिलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका थिए ।
‘भिडियोको व्याकराउण्डमा केही नारा पनि सुनिएको छ । उक्त भिडियो वाराणसीका एक व्यक्ति अरुण पाठकद्धारा आफ्नो फेसबुकमा सेयर गरिएको छ । उनी स्थानीय रुपमा एक संगठन चलाउँछन्,’ पत्रकार सम्मेलनमा वाराणसी प्रहरीका एसएसपीले भनेका छन्,‘ उक्त भिडियोमा छिमेकी देशका राजनीतिक तथा अन्य व्यक्तिका विरुद्ध टिका टिप्पणी गरिएको छ । यस प्रकरणको स्थानीय प्रहरीद्धारा गम्भीर रुपमा लिँदै अरुण पाठक र उनका अन्य साथीविरुद्ध भेलुपुर थानामा एफआइआर दर्ता गरिएको छ ।’

उनले यस घटनामा संलग्न अधिकांश व्यक्तिको पहिचान गरिएको र उक्त घटनामा जोडिएका सन्तोष पाण्डेलाई पक्राउ गरिएको बताए । पाण्डेले पूरै घटनाको भिडियो बनाएको र उनको मोबाइलमा भिडियो पनि भेटिएको तथा सन्तोषकै बयानका आधारमा अन्य व्यक्तिलाई पक्राउ गर्नका लागि विभिन्न ठाउँमा प्रहरी खटिएको पनि एसएसपीले जानकारी दिएका छन् ।

‘यस प्रकरणमा यो पनि अवगत गराउँदछौं कि, स्थानीय प्रहरीद्धारा आगामी दिनमा अत्यन्तै कठोर कारबाही समेत गरिनेछ ।’ एसएसपीले भनेका छन् ।

भारतमा बस्ने नेपालीमाथि ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम

वि.सं.२०७७ साउन ३ शनिवार ०८:४० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...