
४ साउन, काठमाडौंँ । तपाईको मोबाइल हराएको छ भने अब नेपाल दूरसंचार प्रणालीको निम्न लिंकमा गई निवेदन दिन सक्नुहुनेछ ।
प्राधिकरणको अनुगमन शाखाले हराएको वा भेटिएको मोवाइल सेटको बारेमा प्राधिकरणमा जानकारी गराउने बारे आइतबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै अब कसैको पनि मोबाइल हराएमा प्राधिकरणमा निवेदन दिन सकिने जनाएको छ ।
निवेदन दिनका लागि प्राधिकरणको www.nta.gov.np मा लग इन गरेर त्यहाँ रहेको लिंक मा गई निवेदन दिन सकिने प्राधिकरणले सूचनामा जानकारी दिएको छ ।
‘त्यस्तै कसैले मोबाइल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोहि व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्नसक्नुहुनेछ,’ प्राधिकरणको सूचना भनिएको छ, ‘ तर, यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट सम्बन्धीत व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई विक्रि गरेको वा कसैले खरिद गरेको पाइएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कारबाही हुनेछ ।’