back
CTIZAN AD

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका -विज्ञ

वि.सं.२०७७ साउन ४ आइतवार

696 

shares

४ साउन, लन्डन (रासस/एएफपी) । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकको पुनरावलोकन गर्न माग गरिएको छ ।

यहाँका जनस्वास्थ्यसम्बन्धी केही गैर सरकारी संस्थाले गरेको अनुसन्धानका क्रममा बेलायतमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या नमिल्ने देखिएको छ ।

बेलायतमा ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै अरु पनि कैयौँ व्यक्तिले कोरोनाको परीक्षण नगरी पनि ज्यान गुमाएका छन् ।

यसरी अस्पताल नै नआई कोरोनाका कारण ज्यान गुमाउन पुगेका व्यक्तिको बारेमा भने तथ्यांक नराखिएको पनि हुनसक्ने हालै प्रकाशित एक अनुसन्धानमूलक लेखमा सार्वजनिक भएको पाइएको छ ।

अक्फोर्ड विश्वविद्यालयमा यस विषयका विज्ञले जम्मा पारेको तथ्यांक र सरकारले बेलायतमा कोरोनाका कारण भएको मृत्युको तथ्यांक नमिल्ने जनाइएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस अनुसन्धानमूलक लेखमा भनिएको छ कि कुनै पनि व्यक्ति स्वास्थ्य परीक्षण गराएपछि कोरोना भाइरसको सङ्क्रमित हुन्छ र अस्पातमा या घरैमा उपचारमा बस्छ तर पछि उ निको भएर घर फर्किएपछि अरु कुनै कारणले उसको निधन भयो भने त्यसलाई पनि कोरोनाको निधनका रुपमा राख्ने गरिएको छ ।

कतिपय मानिस कोरोना निको भएर घर गएपछि हृदयाघात भएर या अरु नै कुनै कारणले निधन भयो भने पनि उसलाई कोरोनाको मृत्युका रुपमा गणना गर्ने गरिएको छ ।

यहाँका सरकारी निकायले सार्वजनिक गर्ने गरेका कोरोनासँग सम्बन्धितको मृत्युको संख्या नमिलेको सो लेखमा बताइएको छ ।

त्यसैले यहाँका कारोना भाइरसको मृत्युको तथ्यांक नै पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको दुई जना विज्ञद्वारा लेखिएको सो लेखमा उल्लेख गरिएको सो समाचारमा जनाइएको छ ।

वि.सं.२०७७ साउन ४ आइतवार ०९:५७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...