back
CTIZAN AD

कांग्रेस बलियो बनाउन एकताबद्ध हुने प्रतिबद्धता

वि.सं.२०७७ साउन ४ आइतवार

873 

shares

४ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिका कमजोर बन्दै गैरहेको बेला कांग्रेस बलियो बनाउन एकताबद्ध हुने प्रतिबद्धता ब्यक्त गरीएको छ ।

नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय समितीद्वारा आयोजित भर्चुअल कार्यक्रममा बोल्ने कांग्रेस नेताहरुले हिजोको पाराबाट कांग्रेसले गति लिन नसक्ने भन्दै बिधिका आधारमा एकताबद्ध हुनुपर्ने कुरामा जोड दिएका थिए ।

नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोबिन्द प्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख वक्ता नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्बमन्त्री एनपि साउद्ले नेपाली काँग्रेस बलियो बनाउने उद्देश्यले गठित महासंघमा बुद्धिजीवी, बैंकर्स, कानुनबिद्, सहकारीकर्मी, नेपाल सरकारका विभिन्न तह र पदबाट सेवा निवृत्त भएका सम्पूर्ण बुद्धिजीवीहरुबाट पार्टीलाई सहयोग र संगठन सुदृढीकरण बिकास र बिस्तार गर्दैै एकताबद्ध बनाउन पार्टीको शुभेच्छुक संस्थाको रुपमा अगाडि बढाउन प्रेरित गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यसैगरि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री नबिन्द्रराज जोशीले समग्र संस्था र संगठनको प्रशंसा गर्दै, विभिन्न शुभेच्छुक सङ्घ संस्थाहरुले पनि रास्ट्रब्यापी संगठनको कार्यात्मक तदारुकता देखाउन नसकेको विषम परिवेशमा नेपाल प्रजातान्त्रिक महासंघले सम्पुर्ण बौद्धिक बर्गलाई समेटेर सांगठनिक कार्यलाई अगाडि बढाउँदा पार्टीका तर्फबाट पूर्णरुपमा सहयोग रहने प्रतिबद्दतासहित आफ्नो बिचार ब्यक्त गरेका थिए । उनले बिचार र एकताका आधारमा कांग्रेस बलियो बनाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रमका अर्का वक्ता नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली समाजमा प्रजातान्त्रिक बिचार र पार्टीको सिद्धान्त अनुसार कार्य गर्न सक्ने एक सक्षम शुभेच्छुक संस्थाको रुपमा स्थापित होस भनी शुभकामना दिएका थिए भने नेपाली काङ्ग्रेस पर्बतका नेता राजेन्द्र प्रसाद तिवारीले स्वागत मन्तब्य दिएका थिए ।

नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोबिन्द प्रसाद शर्मा र महासचिब भक्तराज भुसालले संगठन बिस्तारका क्रममा भएका अनुभव सङ्गै संगठनको भावी यात्राका बारेमा धारणा राखेका थिए ।

जुम प्रबिधिबाट सम्पन्न सो कार्यक्रमको संचालन आमन्त्रित केन्द्रीय सदस्य रामचन्द्र तिवारीले संचालन गरेका थिए । महासचिव भक्तराज भुसालका अनुसार संगठन ७ वटै प्रदेश र ७७ जिल्लामा जोडिइसकेको छ । भर्चुअल घोषणा सभाको स्वरुपमा सम्पन्न सो कार्यक्रममा ३१९ जना सहभागी रहेका थिए ।

वि.सं.२०७७ साउन ४ आइतवार १०:१८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...