back
CTIZAN AD

पानीमा भिज्दै सेनाको टोलीले गर्यो कोरोना संक्रमितको शब व्यवस्थापन

वि.सं.२०७७ साउन ५ सोमवार

738 

shares

५ साउन, सप्तरी, राजविराज । प्रदेश १ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु भएका पुराना एवं प्रतिष्ठित व्यवसायी राज विराज ६ निवासी कृष्ण दासको शब नेपाली सेनाको टोलीले दासकै गृहजिल्लामा ल्याइ व्यवस्थापन गरेको छ ।

वर्षाको समयमा भिज्दै तीन घण्टामा सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजबाट ८ सय मिटर दक्षिण कोशी नदी बगरमा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई दासको शब व्यवस्थापन गरिएको नेपाली सेनाको यहाँस्थित भीम दल गणले जनाएको सोमबारको राजधानी दैनिकमा समाचार छ ।

गणका प्रमु्ख सेनानी गुप्त बहादुर कुँवरका अनुसार सहसेनानी कमल श्रेष्ठ, प्रधानको कमान्डमा खटिएको ९ जनाको टोलीले मृतकको परिवारका १ जना सदस्यको उपस्थितिमा कोरोनाबाट मृत्यु भएका दासको शब व्यवस्थापन गरेको हो ।

बिहीबार राति १० बजेतिर कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएका दासका सुरुमै धरानमा शब व्यवस्थापन गर्ने प्रयास गरिएको थियो । तर, मृतक प्रदेश २ का रहेको र शब व्यवस्थापन सोही प्रदेशमा गर्नुपर्ने कुरा उठेपछि विवाद नबढोस् भन्ने सोचले हनुमान कंकालिनी नगरपालिकाका प्रमुख शैलेस साहको समन्वयमा गृहजिल्ला ल्याइ शुक्रबार राति शब व्यवस्थापन गरिएको गणका प्रमुख सेनानी कुँवरले जानकारी दिए । file photo

 

वि.सं.२०७७ साउन ५ सोमवार ०९:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...