back
CTIZAN AD

सांगठनिक महाधिवेशन सम्भव छैन्, महाधिवेशनको मिति केन्द्रीय समितिले नै तोकिसकेको छ : पम्फा भुसाल

वि.सं.२०७७ साउन ५ सोमवार

720 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले चर्चामा आएजस्तो महाधिवेशन गर्ने कुरा सम्भव नरहेको बताएकी छिन् । संसार न्यूजसँग कुराकानी गर्दै भुसालले राजनीतिक, वैचारिक तयारी विना महाधिवेशन गर्न सम्भव नहुने बताइन् । सांगठनीक समस्या हल गर्न महाधिवेशनको विकल्प खोज्नु गलत भएको उनको भनाई छ ।

‘गत माघमा भएको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन गर्ने सन्दर्भमा मिति नै तोकेको छ, महाधिवेशन त जरुर नै हुन्छ तर महाधिवेशन पूर्व हामीलाई राजनीतिक कार्यदिशा स्पष्ट पार्नुपर्ने हुन्छ’, संसार न्यूजसँगको कुराकानीमा उनले भनिन् ‘हाम्रो समाजवाद कस्तो हुने ? वैचारिक, दार्शनिक, आर्थिक, सामाजिक कार्यक्रमहरु के–के हुने ? आदि कुराहरु स्पष्ट हुनुपर्छ, त्यसो गर्न सक्यौं भने महाधिवेशन गर्न सकिन्छ ।’

पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशन गर्ने गरेको प्रस्तावमाथि बोल्दै उनले पार्टीको आन्तरिक बैठक र भेलाबाट समाधान खोज्न सकिने बताईन् । ‘सांगठनिक महाधिवेशन मात्रै भन्ने हुन्न, यदि पार्टीभित्र त्यस खालको समस्या हो भने समस्या केन्द्रीय समितिले पनि टुग्यांउन सक्छ, आवश्यक परे राष्ट्रिय भेला भेला बोलाएर पनि छलफल गर्न सकिन्न’, नेतृ भुसालले भनिन्,‘तर विना तयारी महाधिवेशन गर्ने विषय मिल्दैन् ।’

यस्तो छ भुसालले महाधिवेशनबारे दिएको अभिव्यक्ति

विवाद बैठकभन्दा बाहिरबाट हल गर्न सकिँदैन् । कम्युनिष्ट पार्टीको समस्या समाधान भनेकै बैठक र छलफलबाट मात्रै हो । चालु स्थायी समिति बैठकलाई निरन्तरता दिएर अहिलेको समस्याको हल खोज्नुपर्छ । यदि समस्याको हल खोज्न सकिएन भने केन्द्रीय समिति बैठक पनि बोलाउनुपर्छ ।

गत माघमा भएको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन गर्ने सन्दर्भमा मिति नै तोकेको छ । महाधिवेशन त जरुर नै हुन्छ तर महाधिवेशन पूर्व हामीलाई राजनीतिक कार्यदिशा स्पष्ट पार्नुपर्ने हुन्छ । हाम्रो समाजवाद कस्तो हुने ? वैचारिक, दार्शनिक, आर्थिक, सामाजिक कार्यक्रमहरु के–के हुने ? आदिसहितको तयारी स्पष्ट हुनुपर्छ । त्यसो गर्न सक्यौं भने महाधिवेशन गर्न सकिन्छ ।

तर विना वैचारिक सांगठनिक व्यवस्थापनको लागि मात्रै महाधिवेशन भन्ने कुरा हुन्न । कुनै पनि संगठन विचारको बहाक हो । त्यसैले समग्र वैचारिक राजनीतिक कार्यदिशासहितको बहस, छलफल र निक्र्याैलका निम्ति महाधिवेशनमा जाने कुरा हुन्छ ।

सांगठनिक महाधिवेशन मात्रै भन्ने हुन्न । यदि पार्टीभित्र त्यस खालको समस्या हो भने समस्या केन्द्रीय समितिले पनि टुग्यांउन सक्छ । आवश्यक परे राष्ट्रिय भेला भेला बोलाएर पनि छलफल गर्न सकिन्छ । तर विना तयारी महाधिवेशन गर्ने विषय मिल्दैन् । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा केन्द्रीय समितिले मिति नै तोकिसकेको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार १४:०५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...