कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि भारतमा जारी लकडाउनमा वलिवुड नायक सल्मान खान खेतीमा रमाएका छन् ।
उनले मार्चदेखि जारी लकडाउनको समय आफ्नो फार्म हाउसमा बिताएका छन् । खानले सामाजिक संजाल इन्स्टाग्राममा ट्याक्टरबाट खेत जोतिरहेको भिडियो सार्वजनिक गरेका छन् । उनले उक्त भिडियो तथा शरीरमा हिलो लागेको फोटो सेयर गर्दै लेखेका छन् ‘सबै किसानहरुमा सलाम’ ।

फार्म हाउसमा लकडाउनको समय व्यतित गरेका खानसँग उनकी बहिनी अर्पिता खान, आयुषा शर्मा, जैकलिन फर्नाडीज र युलिया वंतुर पनि रहेका थिए ।
वि.सं.२०७७ साउन ५ सोमवार १४:१४ मा प्रकाशित






























