५ साउन, काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमासमा मञ्जुश्री फाइनान्सको संचालन नाफा २८४.११ प्रतिशतले बढेको छ।
फाइनान्सले असार मसान्तसम्ममा २८ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा ७ करोड ३१ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । फाइनान्सको नाफा २८४ प्रतिशतले बढेको हो।
कम्पनीले अघिल्लो आर्थिक वर्षको असारमा ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आर्थिक वर्षको असारसम्ममा २८ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीको संचालन नाफा अघिल्लो आवको तुलनामा ८९ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ३९ लाख संचालन नाफा गरेको कम्पनीले गत आवको सोही अवधिमा १९ करोड ७१ लाख संचालन नाफा गरेको छ।
अघिल्लो आवको तुलनामा गत आवमा फाइनान्सको इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा केही बढेको हो।
कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ६ प्रतिशतले मात्र बढेको छ । कम्पनीले गत आवको असारसम्म ३८ करोड ५ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
कम्पनीले गत आवको असार मसान्तसम्ममा ५ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड ८२ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ११ करोड ९४ लाख रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुँजी अघिल्लो आवको तुलनामा १.७४ प्रतिशत बढेर ८१ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोषमा २७ करोड ६० लाख रुपैयाँ छ।
कम्पनीको निष्क्रिय कर्जा ३।३९ प्रतिशतबाट थोरै घटेर ३.३६ प्रतिशतमा आएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा पुगेको छ। फाइनान्सको मूल्य आम्दानी अनुपात ८.९७ गुणा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४० पैसा कायम भएको छ।
वि.सं.२०७७ साउन ५ सोमवार १४:५३ मा प्रकाशित






























