५ साउन, काठमाडौँ । (अपडेट) नारायणगढ– मुग्लिङ सडकखण्ड भएर यात्रा गर्ने सडक प्रयोगकर्ताहरुलाई सुरक्षित रुपमा वैकल्पिक सडकको प्रयोग गरिदिन अनुरोध गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अविरल बर्षात्का कारण नारायणगढ-मुग्लीङ सडक खण्डको चार किलोमा आज बिहान ५ बजेतिर ठूलो पहिरो खस्न गई पूर्ण रुपमा सडक अवरुद्द भएकोमा हालसम्म पनि निरन्तरको पानी र पहिरोका कारण सडक अवरोध हटाउने कार्यमा कुनै प्रगति हुन नसकेको जानकारी दिँदै सो आग्रह गरेको हो ।
प्रहरीका अनुसार सडक सुचारु हुन दिनैभर लाग्न सक्ने देखिन्छ।
पहिरोकै कारण पृथ्वी राजमार्गको फिस्लिङ र मौवा खोलामा पनि सडक एकतर्फी सञ्चालन भैरहेको छ।
वि.सं.२०७७ साउन ५ सोमवार १३:५१ मा प्रकाशित






























