६ साउन, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण अष्ट्रेलियामा हुने भनिएको टि-२० विश्वकप एक वर्षको लागि स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले कोरोना महामारीको बिचका विश्वकप नगराउने निर्णय लिएको हो ।
यस वर्षको टि-२० विश्वकप अक्टुबर १८ बाट अष्ट्रेलियामा हुने भनिएको थियो । यो वर्ष स्थगित भएको टि २० विश्वकप अर्को बर्ष २०२१ मा अष्ट्रेलियामै अक्टुबर देखी नोभेम्बर सम्म हुने छ ।
हिजो आईसिसिले यससँगै गरेका अरु दुई महत्वपुर्ण निर्णयहरु यस प्रकारको रहेको छ ।
आइसिसि टि-२० बिश्वकप २०२१, अक्टोबर – नोभेम्बरका बिचमा हुने
आइसिसी टि-२० बिश्वकप २०२२, अक्टोबर – नोभेम्बरका बिचमा हुने
आइसिसी एकदिबसिय बिश्वकप २०२३, अक्टोबर – नोभेम्बरका बिचमा हुने
टि-२० विश्वकप स्थगित भएसँगै आईपिएल हुने सम्भावना बढेको छ । बिसीसीआईले आईपिएल कहिले गराउने भनेर छिटैँ निर्णय लिने बताईएको छ ।
वि.सं.२०७७ साउन ६ मंगलवार १३:१० मा प्रकाशित






























