back
CTIZAN AD

जिल्ला संघ गठन भएको सूचनाप्रति बक्सिङ्ग संघको गम्भिर ध्यानाकर्षण

वि.सं.२०७७ साउन ६ मंगलवार

729 

shares

६ साउन, काठमाडौँ । नेपाल बक्सिङ्ग संघले जिल्ला संघ गठन गरेको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गतवर्ष साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित संघको नामबाट झुटा प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएकोले सो सम्बन्धमा नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रेस विज्ञप्ति जारी गरी लकडाउन अवधिभर राष्ट्रिय खेलकुद परिषद्को निर्देशन र नेपाल बक्सिङको अनुमति बिना गठन गरिएका कुनै पनि जिल्ला, प्रदेश संघहरुलाई केन्द्रीय बक्सिङ्ग संघको मान्यता नहुने बताएका छन् ।

विज्ञप्तिमा राष्ट्र लगायत विश्वभरनै कोरोना भाइरस (कोभिड – १९) को माहामारीले ग्रस्त भइरहेको सन्दर्भमा राष्ट्रको खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो महामारीबाट हुन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै देशमा कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्को सूचना नआएसम्मको लागि नगर्नु नगराउनु भन्ने मिति २०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सोहि अनुसार नेपाल बक्सिङ्ग संघले मातहतका जिल्ला/प्रदेशको गठन एवम् अधिवेशन कार्यक्रम नगर्न, नगराउनु हुन सम्बन्धित सबै जिल्ला, प्रदेश बक्सिङ्ग संघलाई जानकारी गराएको छ ।

वि.सं.२०७७ साउन ६ मंगलवार १२:५७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...