back
CTIZAN AD

महाधिवेशनसम्म नै प्रचण्डलाई साथ दिने नेपाल समुहको निष्कर्ष

वि.सं.२०७७ साउन ७ बुधवार

708 

shares

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालको समूहले पार्टीको महाधिवेशनसम्मै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिने निष्कर्ष निकालेको छ । वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा मंगलबार करिब ४ घण्टा भएको नेपालपक्षीय स्थायी कमिटी सदस्यहरूको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीको विधि र पद्धति स्थापित नहुने भन्दै दाहाललाई नै साथ दिने निचोड निकालेको हो ।

‘माधवजीसँग समय मागेर कोटेश्वर गएका थियौं, अब के गर्ने भनेर लामो मन्थन भयो,’ ती नेताले भने, ‘प्रचण्डजीले नै धोका दिनुभयो भने उहाँको कुरा भयो, अहिलेसम्मको अवस्थामा उहाँलाई सहयोग गरेर जाने निष्कर्षमा हामी पुग्यौं ।’ त्यसका लागि महाधिवेशनअघि नै विचार र नेतृत्वको स्पष्टता हुनुपर्ने र विधि–पद्धतिमा तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने निष्कर्ष पनि भेलाले निकालेको उनले जानकारी दिए ।

‘उहाँ (ओली)ले नजानेर त्यसो गर्नुभएको होइन, जानी–जानीकन जसरी सरकार चलाइरहनुभएको छ त्यसले राम्रो गर्दैन,’ भेलाको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो, ‘त्यसलाई ठीक ट्र्याकमा ल्याउने संघर्षमा प्रचण्डजी उभिनुहुन्छ भने साथ दिएर जाने हो, उहाँले नै साथ छोड्नुभयो भने अर्को विकल्प सोचौँला ।’

विधि र पद्धति स्थापना गर्न ओली सरकार र पार्टीमा असफल भइसकेको निष्कर्ष नेपालपक्षीय भेलाले निकालेको छ । ‘उहाँ (ओली)ले नजानेर त्यसो गर्नुभएको होइन, जानी–जानीकन जसरी सरकार चलाइरहनुभएको छ त्यसले राम्रो गर्दैन,’ भेलाको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो, ‘त्यसलाई ठीक ट्र्याकमा ल्याउने संघर्षमा प्रचण्डजी उभिनुहुन्छ भने साथ दिएर जाने हो, उहाँले नै साथ छोड्नुभयो भने अर्को विकल्प सोचौँला ।’

भेलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने निष्कर्ष पनि निकालेको छ । जनताको बहुदलीय जनवादको कुरा निकालेर प्रधानमन्त्री ओलीले एकता भाँड्न खोजेको निचोड पनि भेलाको छ ।

‘जबज छाडेर पार्टी एकता गरेका ओलीले अहिले फेरि जबजकै बखेडा निकाल्नु राम्रो नियत होइन,’ भेलाको निष्कर्ष छ, ‘त्यही विवाद झिकेर पूर्वमाओवादीलाई पार्टीबाट निकाल्ने अवस्था सिर्जना गर्न जबजको कुरा झिकिएको हो ।’ कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ साउन ७ बुधवार ०८:३३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...