back
CTIZAN AD

नेपाली भूमिमा पनि तारबार नगर्न भन्दै धम्क्याए भारतीय एसएसबीले

वि.सं.२०७७ साउन ९ शुक्रवार

792 

shares

९ साउन, कन्चनपुर ।  भारतीय सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा समेत तारबार नगर्न धम्की दिएको छ ।

भीमदत्त नगरपालिका-९ ब्रम्हदेवको सिद्धनाथ सामुदायिक बनले सार्वजानिक जमिन संरक्षण तथा पर्यावरण संरक्षणका जागि तारबार गरेकोमा एसएसबीले अनावस्यक निहुँ खोज्दै रोक्न धम्की दिएको सिद्धनाथ सामुदायिक वनका सहस्चिव रमेश धानुकले बताएका छन् ।

सामुदायिक वनले खालि रहेको वनकै क्षेत्रको सार्वजनिक जमिन संरक्षण गरी वृक्षारोपण कार्यक्रम थालेको छ । तर, भारतीय एसएसबीले अनावश्यक विवाद झिक्दै आएको छ । ‘हाम्रै नेपाली भूमि हो, वर्षौदेखि बाँझो थियो,’ धानुकले भने ,‘अहिले त्यो सफाइ गरेर चारैतिर घेरबार गरेर वृक्षारोपणको कार्यक्रम अघि बढाउने क्रममा भारतीय एसएसबीबाट धम्की आइरहेको छ ।’ एसएसबीले काम भइरहेका वेला आएर विवादित जमिन भन्दै अवरोध गरिरहेको उनले बताएको नयाँपत्रिका दैनिकमा समाचार छ ।

एसएबसीले ब्रम्हदेव क्षेत्रमा जहिले पनि अनावश्यक अवरोध र हस्तक्षेप गर्दै आएको छ । दुई बर्षअघि पनि ब्रम्हदेव क्षेत्रमा सडक बनाउँदा र तीनजना मुक्त हलिया परिवारले घर बनाउदा समेत एसएसबीले अवरोध गरेको थियो ।

वि.सं.२०७७ साउन ९ शुक्रवार ११:४४ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...