back
CTIZAN AD

एउटा अधिवक्ताको बयान : हाम्रो अदालतमा सबैथोक छ तर न्याय छैन

वि.सं.२०७७ साउन ९ शुक्रवार

1.8K 

shares

न्याय सत्य खोज्ने प्रक्रिया हो। अहिले हामीले प्रयोग गरेको न्याय प्रणाली उपनिवेशी न्याय प्रणालीबाट आएको हो, र अहिले पनि उपनिवेशी नै छ। भारतबाट भौतिक उपनिवेश गयो, तर हाम्रा न्याय क्षेत्रमा गाडिएको उपनिवेशी न्याय प्रणाली कहिल्यै पनि गएन। जसको कारण जनताको आस्था न्याय प्रणाली प्रती शुन्य भएको छ ।


छट्पटी गर्नु बाहेक विकल्प पनि केहि छैन। सबै कुरा औपचारिकतामा सकिन्छ। नियुक्ति, कार्यबिधी, फैसला सबै। तरपनि यहि क्षेत्रमा म निरन्तर लागि रहेको छु। मलाई विश्वास छ, अब आउने पुस्ताले यसलाई बदल्ने छ। हामीले गरेको फोहोर नयाँ पुस्ताले सोर्ने छ। तर यसलाई सफाई गर्न अझै बीस बर्ष लाग्छ। भोलि इतिहास लेखिने छ। इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ।

१. न्याय प्रणालीमामा सामाजिक न्यायको अवधारणा जिरो छ। कम्पनीले व्यक्तिका विरुद्ध मौलिक हक उल्लंघनका मुद्धा हाल्छ्न, तत्काल पेसि पर्छ। विकासका योजना रोक्ने अन्तरिम आदेश जारी हुन्छ्न् । धनीका मुद्दा हेर्ने कमर्सियल इजलास छन्, वकालत सेवा होइन व्यापार भएको छ। न्यायाधीश गोजीका लिस्टबाट मध्यरातमा नियुक्त हुन्छ्न। राम्रा जति न्यायाधीश डामिन्छ्न अनि उनिहरु विचरा बनेका छ्न् । छोराछोरी पढाउन जागिर कायम राखेर बसेका छ्न् ।

२. एक पटक एक आततायी श्रीमतीले आफूँ बच्न घच्याट्दा लागेको चोटले लोग्ने मरेछ, विचरा त्यो महिलालाई जोगाउन सकिएन। उनी सजाय भोग्दा भोग्दै टि बि लागेर मरिन। दांङमा झुट्टो मुद्दामा फसाइएको विजय शर्माको पीडा सुन्छु, फोन उठाउन मन लाग्दैन। पुलिसले भात खाएको पैसा माग्दा झगडा परेर जिउ मास्ने बेच्ने मुद्दा लागेकी महिला जेलमा सडेको देखेको छ।

सरकार कम्युनिस्टको, बारमा कम्युनिस्ट, महान्यायाधिवक्ताको अफिस कम्युनिस्टको नेतृत्वमा। किन गरिब मात्र जेलमा अनि किन धनीको सजाय मात्र कम हुने ? आफुँलाई मार्क्सवादी विज्ञानको विद्यार्थी भन्न लाज लाग्छ। न्याय काङ्ग्रेस, कम्युनिस्ट, वकिल, न्यायाधीश, नेता कर्मचारी सबैको कठ्पुतली बनेको छ ।

कम्पनीले भ्याट नतिरेको आरोपमा इन्जिनियरले जेल भोग्नु पर्ने बाध्यता छ। गरिब जति जेलमा छ्न् । सामाजिक न्यायको एक शब्द उच्चारण कहिँ हुदैनन् । सरकार कम्युनिस्टको, बारमा कम्युनिस्ट, महान्यायाधिवक्ताको अफिस कम्युनिस्टको नेतृत्वमा। किन गरिब मात्र जेलमा अनि किन धनीको सजाय मात्र कम हुने ? आफुँलाई मार्क्सवादी विज्ञानको विद्यार्थी भन्न लाज लाग्छ। न्याय काङ्ग्रेस, कम्युनिस्ट, वकिल, न्यायाधीश, नेता कर्मचारी सबैको कठ्पुतली बनेको छ । आएरले एउटा फैसला लेखेका छन, जब समाजमा न्याय मर्छ समाजमा मानिसको हालत पोखरीबाट बाहिर निकालेको माछा जस्तै हुन्छ।

३. जुरिमेट्रीक्स लागाएर अध्यन गर्दा दुई ठकुरी न्यायाधीशले गरेका फैसलाले एउटा रोचक तथ्य बाहिर ल्यायो। एक जनालाई भरुवा बन्दुकले मारेको रहेछ अनि अर्कोमा हंसियाले घाँटी काटेर मारेको रहेछ। मार्ने र मर्ने साथीहरू। फैसलामा बन्दुक घातक हतियार मानिएनछ। हसिँया चैं घातक भएछ। बन्दुक हान्नेलाई सजाय घटाइएछ। हँसिया हान्नेलाई सर्वस्व भएछ। किनकी घरमा बन्दुक भित्तामा झुन्ड्याउने बाबुसाहेबहरुलाई नाथे भरुवा बन्दुक घातक नलाग्नु स्वाभाविक कै हो। त्यसैले रन्जन कोइरालाले सजाय घटी पाउनु ठूलो कुरा होइन। उनी हिजोका डिआइजी हुन। माथी भनिएकी महिलाको समाजमा के महत्व ?

हाम्रोमा त न्यायाधीश जागिर हो। न्याय जागिर हो। त्यसैले रन्जनले न्याय पाउँछन्, गरिबले पाउँदैनन् । विजय शर्मा जेलमा धनी र पदवाला जति बाहिर। हाम्रो अदालतमा सबैथोक छ। सामाजिक न्याय र न्यायमा निस्पक्षता छैन। त्यसैले यो अड्डा हो। न्यायालय होइन ।

४. हामीले चलाएको न्यायको श्रोत मेडिसन, चर्चिल, जोहन लक, कोलम्बस, स्तटुवार्ट मिल, म्याकाउले, मैन, अस्टिनबाट आएको छ। जोहन लकले भने, दक्षिण अमेरिका र उतर अमेरिकाका आदिबाशी अपराधी मान्छेबाट मानवलाई जोगाउन उनिहरुलाई मार्दा अपराध हुँदैन। चर्चिलले भने खरायो जस्तो नानी पाउने इन्डियन मर्दा किन आपती ? आंग्रेज महिलालाई छुँदा बीस बर्ष सजाय र सेता मालिकले कामदार महिला बलात्कार गर्दा महिलाले शुद्ध चरित्र प्रमाणित गर्नुपर्ने। गरिबलाई न्याय ‘कमन ल’ मा छैन। अमेरिका मा २७ लाख कैदी, ९० प्रतिशत काला गरिब र आदीवासी ।

५. न्याय गर्न अवधारणा चाहिन्छ। कृष्ण आयर र भगवतीमा सामाजिक न्यायको अवधारणा थियो । हाम्रोमा त न्यायाधीश जागिर हो। न्याय जागिर हो। त्यसैले रन्जनले न्याय पाउँछन्, गरिबले पाउँदैनन् । विजय शर्मा जेलमा धनी र पदवाला जति बाहिर। हाम्रो अदालतमा सबैथोक छ। सामाजिक न्याय र न्यायमा निस्पक्षता छैन। त्यसैले यो अड्डा हो। न्यायालय होइन ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १२:०० मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...