back
CTIZAN AD

एसइइको नतिजा साउन तेस्रो सातासम्ममा सार्वजनिक हुने

वि.सं.२०७७ साउन ९ शुक्रवार

876 

shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा साउन तेस्रो सातासम्म सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अबको २ साताभित्र नतिजा सार्वजनिक गर्ने गरि तयारी गरेको हो । नतिजा आउन कम्तिमा २ साता लाग्ने परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

‘एसइइको नतिजा साउनको तेस्रो सातासम्म सार्वजनिक गर्ने गरि तयारी गरेका छौं, अहिले जिल्लाबाट आएका विद्यार्थीको विवरणलाई प्रशोधन र रुजु गर्ने काम भईरहेको छ’, नियन्त्रक खकुरेलले भने । उनका अनुसार प्राकृतिक विपत्तिका कारण कतिपय विकट जिल्लाबाट मुल्यांकन विवरण आउन नसक्दा नतिजा प्रकाशनको काम ढिला हुन गएको हो ।

खकुरेलले जनाएअनुसार केहि ७ जिल्लाबाट विद्यार्थीको मुल्यांकन विवरण अझै आईपुगेको छैन् । यसअघि कार्यालयले असार ३० सम्म मूल्यांकन विवरण पठाउनुपर्ने समयसीमा दिएको थियो ।

नियन्त्रक खकुरेलले जनाएअनुसार परीक्षा नियन्त्रक कार्यालयले हाल विभिन्न ७० जिल्लाबाट आएका विवरणलाई रुजुको काम गरिरहेको छ । उनका अनुसार विद्यालयले पठाएको मुल्यांकन विवरण रुजु गर्न आगामी एक साता जति लाग्नेछ । साथै प्राप्ताङ्ग कम्प्युटरमा राख्ने र अंकबाट अक्षरमा बदल्ने काम गर्न केहि दिन लाग्नेछ ।

विद्यालयले प्रमाणीत गरेर पठाएको अंकमा केहि हेरफेर नहुने पनि नियन्त्रकले जानकारी दिएका छन् । उनका अनुसार विद्यालयको मूल्यांकन समितिले नै प्रमाणीत गरेको प्राप्ताङ्गलाई अन्तिम मानिनेछ । विद्यालयले पठाएको हार्डकपी र इन्ट्री गरेको सफ्ट कपी तुलना गरेर हेर्ने काम भने नियन्त्रण कार्यालयले गर्नेछ ।

कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि स्थगित गत वर्षको एसइइ परीक्षा सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा तयार गर्ने गरि कार्यविधि बनेको थियो । कार्यविधिअनुसार विद्यालयले आन्तरिक मुल्यांकनकै आधारमा पठाएको विवरणलाई नै परीक्षा बोर्डले अन्तिम नतिजा मानि सार्वजनिक गर्नेछ ।

गत जेठ २८ मा बसेको मन्त्रिपरिषद बैठकले गत वर्षको एसइइ परीक्षाको नतिजा विद्यालयकै मूल्यांकनको आधारमा गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १४:३६ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...