९ साउन, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश तथा बोनस शेयर वितरण नगर्ने जनाएको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०१७ को दफा १२ अनुसार ‘पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाका रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोष राख्नुपर्ने भन्ने नियामक व्यवस्थाअनुसार आर्थिक वर्ष २०७५/७६ का वित्तीय विवरणमा सेयरधनीहरुलाई नगद लाभांश तथा बोनस सेयर वितरणको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ।
वि.सं.२०७७ साउन ९ शुक्रवार १४:२२ मा प्रकाशित






























