back
CTIZAN AD

हेवेन्लीपाथले खुवायो रत्नपार्क र पशुपतिमा रहेका ५०० बढीलाई खाना

वि.सं.२०७७ साउन ९ शुक्रवार

918 

shares

९ साउन, काठमाडौँ । हेवेन्ली पाथले रत्नपार्क र पशुपतिमा विपन्न वर्गलाई खाना खुवाएको छ ।  कोरोना संक्रमणका कारण देशमा जारी लकडाउनका कारण समस्या परेका झण्डै ५०० जनालाई हेवेन्लीपाथले खाना खुवाएको हो ।

अमेरिकामा रहेका हेवेन्लीपाथका यात्रीहरुको आर्थिक सहयोगमा खानाको व्यवस्था गरिएको बताइएको छ ।

हेवेन्ली पाथकी सक्रिय सदस्य तथा अमेरिकाको कनेक्टीकट राज्यकी प्रतिनिधि आइती राईको संयोजकत्वमा सुरु गरिएको उक्त खाना खुवाउन कार्यक्रममा पिए नेपालकी प्रमुख इन्दिरा राना मगरको विशेष सहयोग तथा हेवेन्लीपाथ नेपालकी केन्द्रीय सदस्य एन्जल मनु राईले संयोजकको भूमिका निर्वाह गरेको बताइएको छ । साथै गायक सुवि राईले पनि यस कार्यक्रममा सहसंयोजकको भूमिका निभाएका छन् ।

जुलाई २३ का दिन गरिएको खाना वितरण कार्यक्रममा हेवेन्लीपाथका नेपालका यात्री चन्द्र देवान, शोभा राई, हरिकला राई, प्रेरणा राई, कृष्ण राई, त्रिशला राईले स्वयमसेवीको रुपमा सहयोग गरेका थिए ।

त्यस्तै कार्यक्रम सफल पार्नका लागि हेवेन्ली पाथ अमेरिकाका सभापति सुकु राम्दाली राईले संयोजकत्वको भूमिका गरेकी छन् । अमेरिकाका विभिन्न राज्यमा रहेका हेवेन्ली पाथका यात्रीहरुको विचमा संयोजकत्य आङ्ग देवी राईले गरेकी छन् भने हङकङबाट ऐन्जेल गया राई र युकेबाट हेवेन्ली पाथका डाइरेक्टर रत्ना गुरुङ संसारभरी छरिएर बसेका पाथका यात्रीहरुको भूमिका निर्वाह गरेको बताइएको छ । साथै खानाको व्यवस्थापनमा होटल चप्लेटीका प्रमुख अनन्त राईले गरेका थिए ।

सेवा नै धर्म हो भनेर समाजसेवामा लागि परेको बताएको हेवेन्ली पाथले यसअघि नेपालका सडकमा वेवारिसे रुपमा रहेका पशुपंक्षीको लागि खाना खुवाउने अभियान समेत गरेको थियो । विश्वका १६ भन्दा बढी देशमा रहेको हेवेन्लीपाथले अमेरिकामा मात्रै १६ भन्दा बढी राज्यमा आफ्ना शाखा विस्तार गरेको जनाएको छ ।

 

वि.सं.२०७७ साउन ९ शुक्रवार १४:१८ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...