back
CTIZAN AD

बन्दाबन्दीका समयमा २२ सय बढीद्वारा आत्महत्या

वि.सं.२०७७ साउन १० शनिवार

1.1K 

shares

प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका छन् । 

१० साउन, काठमाडौँ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् ।

प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउँछन् । “प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ,”–उनी भन्छन् ।

यस्तै, प्रहरीले आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आत्महत्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ ।

वि.सं.२०७७ साउन १० शनिवार १६:४९ मा प्रकाशित

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...