back
CTIZAN AD

फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य, हेर्नुस ती देशहरु

वि.सं.२०७७ साउन १० शनिवार

795 

shares

१० साउन, (रासस.सिन्ह्वा) । फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ ।

प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिएका छन् ।

सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीति अन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको उनको भनाई छ । उनका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो ।
फ्रान्सले ती देशहरुलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरुको सूचीमा राखेको अधिकारीहरुले जनाएका छन् ।

“ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले हामीले परीक्षण गर्नु पर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तै पनि गर्ने निर्णयमा पुगेको छौँ,” उनले भने ।

सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवत जावतलाई अति न्युन बनाउने प्रयास गरिने पनि उनले जानकारी दिए ।

फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये एकैदिनमा एक हजार १३० जना थपिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या एक दिन अगाडी एक हजार ६२ मात्रै रहेको थियो ।

कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म तीस हजार १९२ जनाको मृत्यु भएको छ । ती मध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

वि.सं.२०७७ साउन १० शनिवार १७:०२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...