back
CTIZAN AD

इन्डोनेसियाका राष्ट्रपतिलाई कोरोना नभएको पुष्टि

वि.सं.२०७७ साउन १० शनिवार

861 

shares

१० साउन, (रासस/सिन्ह्वा) । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको कोरोना परीक्षण गरिएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको आशंकामा उनको कोरोना परीक्षण गरिएको अधिकारीले जानकारी दिएका छन् । परीक्षणपछिको नतिजा अनुसार उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छैन ।

“नतिजा राम्रो आयो, भगवानलाई धन्यवाद छ, राष्ट्रपति स्वस्थ हुनुहुन्छ,” राष्ट्रपतिको सचिवालयका प्रमुख बुडी हार्टोनोले सञ्चारमाध्यमसँग भने ।

कोरोना परीक्षणका लागि राष्ट्रपति विडोडाको स्वाव शुक्रबार दिउसो संकलन गरिएको पनि हार्टोनोले शनिबार जानकारी दिए ।

उनलाई भेट्न गएका अर्का एक नेतालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएकाले राष्ट्रपतिलाई पनि सरेको हुनसक्ने आशंकाले उनको परीपक्षण गरिएको हो ।

राष्ट्रपति कार्यालयमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनेगरी उच्च सतर्कता अपनाइएकाले उनलाई नसरेको अधिकारीले बताएका छन् ।

वि.सं.२०७७ साउन १० शनिवार १७:१४ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...