back
CTIZAN AD

संसार बचाउन समाजवाद मात्र बैकल्पिक शर्त

वि.सं.२०७७ साउन ११ आइतवार

1.1K 

shares

बर्तमान कालखण्डमा बिभिन्न कारणले गर्दा बिश्वभरी नै समाजबादी आन्दोनलमा ठूलो धक्का लागेको छ । यसले गर्दा एकातिर समाजबादसँग जोडिएका शक्तिहरु कमजोर भएका छन् भने अर्कातिर बैज्ञानिक समाजबादसँग सम्बन्धित कतिपय बिषयमा फैलाइएका भ्रमलाई चिर्दै बद्लिदो समयकासाथ यसलाई स्पष्ट पार्नु पर्ने र समयानुकूल यसलाई ढाल्नुपर्ने दृढ संकल्पको आवश्यकता पनि उत्तिकै छ । समानता तथा न्यायको उदेश्यलाई अन्य बिचारधाराका मानिसहरुले पनि आफ्नो स्तरमा मान्यता दिने गर्दछन् । तर समाजबादको बिशिष्ठ पहिचान अर्थिक तथा सामाजिक समता र न्यायलाई उच्चत्तम प्राथमिकता दिने तथा तदनुरुपका नीतिहरुको आधार बनाउने कुरामा निहीत छ ।

यो बेग्लै प्रश्न हो कि बिश्व स्तमा समाजबादको बाटोमा हिडेको दाबी गर्ने कतिपय संगठनहरु आज यस मूल पहिचानमा खारो उत्रिन सक्तैनन् । निष्ठा तथा अध्ययनशीलताको अभाबमा या त सही कार्यक्रम बन्न पाउदैन या त्यसलाई ठीक किसिमले लागु गरिदैन । सही कार्यक्रमलाई सही किसिमले लागु गर्नका लागि जुन गहिरो र गम्भीर प्रतिबद्धता चाहिन्छ, जुन जोखिम र कठिनाई सहने र झेल्ने साहस चाहिन्छ त्यो प्रायः बिद्यमान छैन । अनि यस्ता कार्यहरु गरिने गरिन्छ जुन सिद्धान्तको ठीक बिपरीत र प्रतिकूल सिद्ध हुन्छन् । यी सबै कारणहरुले गर्दा समाजबादको बैचारिक स्पष्टतालाई कायम राख्न र त्यसका आधारमा बिस्तृत स्थानीय कार्यक्रम तय गर्नका लागि पनि जुन चूनौतिहरु छन् ती पछाडि पर्दै गएका छन् । यद्यपि अझै पनि त्यत्तिको बिलम्ब भइसकेको छैन । सही ढंगले प्रयास गरियो भने यो फेरि पनि जनहितकारी सिद्ध हुन सक्नेछ । यसका लागि आबश्यक के छ भने बिश्वका बद्लिदा स्थितिहरु र समस्याहरुलाई समाजवादका मूल सोचमा समुचित स्थान दिइनु पर्दछ । यसमा सबैभन्दा महत्वपूर्ण मूद्दा आज पर्याबरणको पनि रहेको छ । पर्याबरणको महत्वलाई स्वीकार त सबैले गर्ने गर्दछन् तर समस्या के छ भने पर्याबरण संरक्षणको तौर तरीकाका बारेमा धेरै मतभेदहरु छन् ।

बन तथा बन्य जीबहरुको रक्षाका लागि कतिपय मानिसहरु यस्ता सुझाव दिन्छन् जसबाट गाउँबासीहरु बिशेष गरेर आदिबासीहरुको बिस्थापन हुने गर्छ या तिनको आजीबिका संकटमा पर्ने गर्छ । अनि कतिपय मानिसहरु बन तथा बन्य जीवहरुको रक्षाका लागि यस्ता सुझाव दिन्छन् जसमा गाउँबासीहरुको आजीबिका या आधार पहिलाभन्दा सबल हुन सक्छ । आवश्यक कुरा के छ भने समाजबादको सोचमा दोश्रो किसिमको उपाय अपनाइनु पर्छ, किनकि ती समानता र न्यायका उदेश्य अनुकूल छन् या हुन्छन ।

यतिबेला बिश्वस्तरमा पर्याबरणको सबैभन्दा महत्वपूर्ण मूद्दा नै जलवायु परिबर्तनको मूद्दा छ । यसमा सन्देह छैन कि ग्रीन हाउस ग्याँस बिशेष गरेर कार्बनडाइअक्साईडको उत्सर्जन तीब्र गतिले बढिरहेको छ । अनि यही क्रमले यो जारी रह्यो भने धरतीमा जीवनको अस्तित्व नै भयंकर संकटमा पर्न जाने गम्भीरतम खतरा छ ।यस्तो स्थितिमा ग्रीनहाउस ग्यास उत्सर्जनमा कमी गरिनुपर्ने कुरालाई त सबैले स्वीकार गरिरहेका छन् तर प्रश्न के छ भने निर्णायक स्तरमा यसमा अंकुश लगाउने के कस्ता तौर तरीका कसरी अपनाउने हो ता कि सारा देशहरुले समान सहभागिता या उत्तिकै दायित्व बहन गरिरहेको देखियोस् । कतिपय तौर तरीकाहरु बिश्व स्तरमा न्याय र समानताका लक्ष अनुरुप होलान् त कतिपय प्रतिकूल पनि । स्पष्ट छ कि समाजबादी सोचमा पहिला किसिमका तौर तरीकाहरुलाई नै मान्यता मिल्नेछ तर तिनलाई अन्तर्राष्ट्रिय स्तरमा स्वीकृत गराउन बहुतै कठिन कार्य छ । किनभने सम्पन्न तथा बिकसित देशहरु आफ्नो जिम्मेवारीबाट बच्न या पञ्छिनका लागि यस गम्भीरतम् समस्याको समाधानका न्यायोचित आधारहरुलाई स्वीकार गरिरहेका छैनन् ।

पर्याबरणका मूद्दामा, पेटेण्टका मूद्दामा, जीएम (जेनेटिकल्ली मोडिफाइड)बालीनालीका मूद्दामा समग्रमा भन्ने हो भने न्याय तथा समानतामा आधारित बिश्व ब्यबस्थाको सबैभन्दा ब्यापक मूद्दामा नै सम्पन्न र बिकसित देशहरुबाटै अन्तर्राष्ट्रिय बित्तीय तथा ब्यापारिक संस्थानहरुसँग टक्कर हुनेनै गर्दछ । यस प्रकारका पेचिला मूद्दाहरुलाई कसरी सुल्झाउने हो, यो एउटा समाजबादी संगठनका लागि यस्तो चूनौति हो जसको तयारी उनीहरुले साबधानीपूर्वक गर्नै पर्दछ । यी मूद्दाहरुको कानुनी पक्षका बारेमा बिस्तृत जानकारी पनि यसका लागि अत्यावश्यक छ । यो कुरा त पहिलादेखि नै भनिदै आएको हो कि धरतीका सीमित संसाधनहरुलाई ध्यान दिदै तिनको समतबादी बितरण उचित र आवश्यक छ । तर जलवायु परिवर्तनको कालखण्डमा यो पनि ठूलो प्रश्न बनेर खडा भएको छ कि कार्बन स्पेस पनि सीमित छ । अर्को शब्दमा यस कारण ग्रीन हाउस ग्यासहरुको उत्सर्जनलाई सीमित दायरामा रोक्न जरुरी छ । अतः औद्योगिक उत्पादनमाथि पनि केही अंकुश लगाउनु पर्ने हुन्छ कि यसलाई कत्तिको बढाउन सकिन्छ । यस किसिमको अंकुश लाग्यो भने के आवश्यक हुन्छ भने पहिलो प्राथमिकता जन साधारणको आवश्यकतालाई पूरा गर्नमा दिइनु पर्दछ र सम्पन्न बर्गको बिलाशीतामाथि रोक लगाइनु पर्दछ । तर यसको लागि कसले पहल गर्ला ! किनभने धनी देशहरु आफ्ना आवश्यकता सीमित तुल्याउने दिशामा सोच्न चाहन्छन् भन्ने कतै पनि देखिदैन । बिश्वमा यस्तो किसिमको जुन स्थिति उत्पन्न भइरहेको छ त्यसमा समता तथा समाजवादमा आधारित मूद्दाहरुलाई सही किसिमले उठाउनका लागि समाजबादी शक्तिहरु सबल हुनु आवश्यक छ । यस नयाँ परिस्थितिमा समाजबादको बैचारिक आधार स्पष्ट गर्नका निमित्त निर्णायक स्तरमा प्रयास आवश्यक छ । यसकासाथै बिश्व शान्तिको मूद्दालाई पनि नयाँ सन्दर्भमा समाजबादमा सामेल गर्नु उत्तिकै आवश्यक छ । बिश्वमा आज हतियार उद्योग अत्यन्तै ठूलो मुनाफाका उद्योग बनिसकेका छन् । धनी देशमा केन्द्रित हतियार कम्पनीहरु बिकासशील देशरुलाई अत्यन्तै महँगा हतियार बेचिरहेका छन् । एउटा ठूलो बिनाशकारी हतियार यति धेरै मूल्यको हुने गर्दछ कि त्यसबाट राम्रो सुबिधा भएका कयौं अस्पतालहरु खोल्न सकिन्छ । यति हुँदाहुदै पनि अत्यावश्यक र आधारभूत क्षेत्रमा खर्च छोडेर यस्ता बिनाशकारी हतियार किन्न गरीब तथा बिकासशील देशहरु अग्रसर हुने गर्दछन् । आज यस्तो स्थिति उत्पन्न गरिएको छ । बिभिन्न देशहरुमा आम मानिसहरुको आधारभूत आवश्यकता पूरा गर्नमा ठूलो बाधा यो हो कि सेना तथा हतियारहरुमा अधिक खर्च गर्नु बिवशता जस्तै बन्न गएको छ । अर्कोतिर अधिक बिनाशकारी हतियारहरुको जहाँ वास्तवमा उपयोग गरिन्छ ९जस्तो कि इराकमा ठूलो मात्रामा देखिएको छ ० त्यहाँ असैह्य बर्बादी र बिनाशलिला हुने गर्दछ ।

महाबिनाशक हतियाहरु बिशेष गरेर परमाणु हतियारहरुको यति ठूलो भण्डार एकत्र भइसकेको छ जसले केही क्षणमै पूरै संसार नष्ट गर्न सक्तछ । यस्तो स्थितिमा मानब सभ्यताको रक्षाका लागि बिश्व शान्ति तथा निशस्त्रीकरणका मूद्दाहलाई नयाँ सन्दर्भमा उठाउन एकदमै आवश्यक छ । स्थानीय सन्दर्भमा यस सोचको अभिब्यक्ति यो हो कि सबै बिबादहरु शान्तिपूर्ण किसिमले सुल्झाउने प्रयास होस् बिशेषगरी बिभिन्न धार्मिक र सामुदायिक समूहका बीच सद्भावना बढाउने गम्भीर प्रयास गरियोस् । सबै प्रकारका हिंसा तथा अपराध कम गर्नका लागि पनि सामुदायिक प्रयासलाई सबल तुल्याइनु पर्दछ । यस प्रकार न्याय तथा समताको मूल सरोकारका साथ बिश्व र स्थानीय स्तरमा शान्ति तथा पर्याबरण संरक्षणका सरोकारहरुलाई यसरी जोड्नु पर्दछ कि समग्र साझा सोच बनोस् । यसलाई नागरिकहरुका बीच यस्तो रुपमा लगिनु पर्दछ जसले गर्दा कार्यक्रमका जटील पक्ष पनि सजिलैसँग बुझ्न सकियोस् । कार्यक्रम केही ब्यक्तिहरुसँग मात्रै जोडिएका सोचको संकीर्णतमा बाँधिनु हुदैन । सबै समाजबादी बिद्वानहरुका बिचारहरुको अध्ययन तथा अनुभवहरुबाट सिक्नु पर्दछ । यद्यपि अहिले न्याय र समताको प्रयास बिश्व इतिहासमा सबै देशहरु र समाजहरुमा हुँदै आएका पनि छन् । यदि समाजबादको बैचारिक आधारलाई स्पष्ट गरियो भने आउदो समयमा यसको ब्यापक प्रचार–प्रसारका लागि अनुकूल स्थिति उपलब्ध हुने ठूलो सम्भाबना देखिन्छ । आबश्यकता इमानदरीपूर्वक प्रयास गर्ने कुराको छ । अबसरबाद, बेइमानी र भ्रष्टीकरणबाट बच्नु सही बाटोमा अग्रसर हुने प्रस्थान बिन्दू र पहिलो शर्त नै हो ।

वि.सं.२०७७ साउन ११ आइतवार ०९:४९ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...