back
CTIZAN AD

गोविन्दराज जोशीहरुलाई पार्टीबाट निस्कासन गरिएकोमा नेता कोइरालाको आपत्ति

वि.सं.२०७७ साउन ११ आइतवार

861 

shares

११ साउन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पार्टीले गरेको निर्णयविरुद्ध आपत्ति जनाएका छन् । पार्टीले पूर्वगृहमन्त्री गोविन्दराज जोशी र अर्का दुई नेतालाई कारवाही गरेकोमा त्यसप्रति आपत्ति जनाएका हुन् ।

‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य’ भएको उनले बताएका छन् ‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

राप्रपा संयुक्तका महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाहरूलाई नेपाली काँग्रेस भित्र्याउन तयार रहेको पार्टीले आफ्नो पार्टीमा जीवन व्यत्तित गरेका वरिष्ठ नेताहरुलाई पार्टीबाट निष्कासन गर्दा पार्टी र कार्यकर्तामा के सन्देश जान्छ भनेर प्रश्न गरेका छन् ।

उनले भनेका छन् ‘  एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?

शनिबार नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको छ ।

समितिले गत चुनावमा पार्टीको हित विपरित कार्य गरेको भन्दै पूर्व सहमहामन्त्री जोशी, कैलालीका काँग्रेस नेता एवम् पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडल्धुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरिएको जनाएको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १२:०१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...