back
CTIZAN AD

प्रचण्ड र बाबुरामसहित पूर्वमाओवादीहरु एक ठाउँमा भए मात्र देशको हीत हुन्छ : विश्वदीप पाण्डे

वि.सं.२०७७ साउन ११ आइतवार

2.6K 

shares

काठमाडौं । समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई एक ठाउँमा हुनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत ‘व्यक्तिगत धारणा’ भन्दै उनले प्रचण्ड र बाबुरामको मेलबाट नै देशको हीत हुने बताएका छन् ।

उनले एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पूरा भएको भन्दै अब २०५२ पछिका सबै प्रगतिशिल शक्तिहरु एकठाउँमा हुनुपर्ने बताएका हुन् ।

‘मेरो विचारमा एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पक्कै पूरा भयो होला’, उनले भनेका छन् ‘अब प्रचण्ड बाबुरामसहित २०५२ सालपछिका सबै प्रगतिशील शक्तिहरु एकठाउँमा हुने वातावरण बन्दा नै प्रचण्ड बाबुराम र सँगसँगै देशको पनि हित हुने देख्दछु ।’

भट्टराईको प्रेस सल्लाहकारको भूमिकामा समेत रहेका उनी जनयुद्वकालदेखि नै तत्कालिन माओवादीमा आवद्ध थिए भने बाबुराम भट्टराईसँग नजिक हुँदै काम गरेका थिए । बाबुरामले नयाँ शक्तिको निर्माण र तत्कालिन फोरमसँग एकता गर्दै जनता समाजवादी पार्टीसम्म आउँदा उनले साथ छोडेका छैनन् ।

वि.सं.२०७७ साउन ११ आइतवार १२:०८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...