back
CTIZAN AD

दूरसंचारमा वार्ता सकरात्मक : निर्णय नआउन्जेल धर्ना जारी हुने

वि.सं.२०७७ साउन ११ आइतवार

840 

shares

११ साउन, काठमाडौँ । नेपाल टेलिकममा केही दिन देखि जारी धर्ना यथावत रहेपनि वार्ता सकरात्मक रुपले अघि बढेको बताइएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले नविकरण दस्तुरको नीतिगत व्यवस्था गर्नुपर्ने मुख्य मागसहित कर्मचारी सम्बन्धी विनियमावलीका अन्य विषय समेटेर टेलिकममा कार्यरत युनियनहरुले धर्ना लगायतका दबाब कार्यक्रम केही दिन यता संचालन गर्दै आएका छन् ।

नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) का अध्यक्ष यादव पनेरुका अनुसार टेलिकम व्यवस्थापनबाट हुन सक्ने अधिकांश मागमा सहमति भैरहेको छ भने व्यवस्थापनबाट पुरा हुन नसक्ने मागका लागि मन्त्रालय र सरकारसँग पहल जारी छ । पनेरुका अनुसार नविकरण दस्तुर वैज्ञानिक र आधारयुक्त बनाउन संसदको विकास समितिसँग पनि राम्रो छलफल भएको छ ।

लगातार आठ दिनदेखि जारी २ घण्टे धर्ना आज आइतबार पनि सम्पन्न भएको जनाइएको छ । वार्ता सकरात्मक भएपनि ठोस निर्णय नआउन्जेल धर्ना कार्यक्रम जारी रहने अध्यक्ष पनेरुले संसारन्यूजसँग बताएका छन् । सत्तारुढ नेकपा निकट मानिने सो संगठन बाहेक प्रमुख प्रतिपक्षि नेपाली काँग्रेस निकट NTC WU र अर्को स्वतन्त्र समूहको NTEU नामक युनियन पनि संयुक्त रुपमा धर्नामा छन् ।

वि.सं.२०७७ साउन ११ आइतवार १४:०१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...