back
CTIZAN AD

कविताः यात्रा

वि.सं.२०७७ साउन ११ आइतवार

927 

shares

लक्ष्यमा पुग्न
मैले यात्रा शुरु गरेको छु
टाढा छ लक्ष्यमा पुग्न,

तर मलाई थाहा छ
त्यो बाटो
समथर, उकालो,ओरालो, भिरालो पनि छ,

आखिर यात्रा त गर्नै पर्याे,
कहाँ सोझो तरिकाले पाईला चालेर हुन्छर ?
पाईला चाल्दा उकालोको विकल्प सहज भएन भने
अनि दोश्रो,तेस्रो आदि विकल्प त छदैछ नी,

हुन सक्तछ यात्रा अलिक जटिल भयो भने
एक छिन थकाइ मारे पनि त भयो नि
मलाई हतार पनि त छैन नी
आखिर यात्रा त मैले न गर्ने हो,

अगाडिका यात्रुहरू पनि कहाँ सोझो बाटो हिडेका हुनर ?
म जस्तै थकाइ मार्दै त हिडेका हुन नि उनीहरू पनि
त्यसैले मलाई शंकोच छैन, प्रायः यात्रा यस्तै हुन्छ
तर मैले थकाइ मारेको देख्दा
गाउँलेहरु अचम्म मान्न सक्तछन
कतै मैले बाटो त विराएको छैन भनेर
अनि उनीहरूले हातले देखाउदै थिए
बाटो यता हो भनेर,

तर मलाई थाहा छ
बाटोको दिशा कता छ भनेर
उनीहरूलाई अलिकति भ्रम पनि परेछ
केही छैन त्यो उनीहरुको दृष्टि दोष मात्रै हो

किनकि म आफ्नो लक्ष्य तर्फ नै पाईला चालिरहेको छु
विकल्प नै विकल्पका बाटाहरु हिडेर
मेरो यात्रा अविरल भइ रहनेछ
विकल्पको सहारा लिएर

यात्रा त मैले नै गर्ने हो
त्यसैले मैले यात्रा शुरु गरेको छु
लक्ष्यमा पुग्नलाई
लक्ष्यमा पुग्नलाई

वि.सं.२०७७ साउन ११ आइतवार १३:५३ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...