back
CTIZAN AD

हाँस्यकलाकार केशवले ल्याए ‘हाँडीघोप्टे’ गाईजात्रा, यस्तो छ भिडियो

वि.सं.२०७७ साउन ११ आइतवार

819 

shares

काठमाडौं । हाँस्यकलाकार तथा कवि केशवराज अर्याल ‘केरा’ले ‘हाँडीघोप्टे’ नामक नयाँ गाईजात्रे कोसेली ल्याएका छन् । उनको यो दोश्रो गाईजात्रा एल्बम हो । मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको बेथिति, भ्रष्टाचारलाई व्यंग्यमार्फत् हँसाउँदै कसिलो प्रहार गरेका छन् ।

उनले एल्बममा गीत, क्यारिकेचर र विभिन्न वेषभूषामा भट्याउँदै, जनताको वेदना, आक्रोश र पीडालाई दबाउने ठूला भनाउँदा टाउकावाल र भुँडीवालहरुको उछितो काढेका छन् । सरकारको कमजोरीपन, भ्रष्टाचार, सरकारी जग्गा काण्ड, बलात्कार, देश लुट्ने प्रवृत्ति, अस्पताल, यातायात, उद्योगको लापरबाही, कोरोना महामारी सलह चलचित्र क्षेत्रको घमण्डीपन, कमजोरी र नग्नता र समाजमा खुट्टा तान्ने प्रवृत्ति आदिलाई ‘हाँडीघोप्टे’मार्फत उजागर गरेका छन् ।

व्यंग्य लेख, कार्टुन कला, कविता, स्टेज कार्यक्रम तथा विभिन्न कमेडी सिरियलमार्फत हँसाउँदै आएका उनका दुई व्यंग्य पुस्तक प्रकाशित भइसकेका छन् । यसअघि उनको ‘आलुपाँडे गाईजात्रा’ बजारमा आएको थियो ।

यस्तो छ भिडियो

वि.सं.२०७७ साउन ११ आइतवार १३:४८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...