back
CTIZAN AD

सङ्क्रमण फैलन नदिन अत्यावश्यकबाहेकका सबै सेवा बन्द

वि.सं.२०७७ साउन ११ आइतवार

750 

shares

११ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने भएको छ । महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आज बसेको नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापनप, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको हो ।

बैठकले नगरक्षेत्रभित्र सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवं सुरक्षामा आवश्यक कडाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल एवं सुझावअनुसार नगरभित्र थप कडाइ गर्ने निर्णय गरिएको हो । बैठकले भारतीय सीमावर्ती क्षेत्रबाट अवैध आगमनलाई नियन्त्रण गर्ने, सिटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गर्ने, चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम राख्नुपर्ने निर्णय गरिएको छ ।

यसैगरी अन्य निर्णयहरुमा भीडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने, पिसिआर परीक्षणको दायरा बढाउन थप पहल गर्ने, क्वारेन्टिन स्थल थप गर्ने, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने, आकस्मिक स्वास्थ्य सुरक्षामा थप ध्यान दिनाका साथै सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणबाट सतर्क रहन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने प्रमुख पराजुलीले बताए । नगरभित्र केही समस्या परेको खण्डमा नजीकैको वडा कार्यालयका पदाधिकारी या महानगरको स्वास्थ्य शाखासँग समन्वय गर्न महानगरले आग्रह गरेको छ ।

मोरङमा २२ जनामा सङ्क्रमण देखियो

प्रदेश नं १ मा आज ३१ जनामा सङ्कमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा सङ्क्रमण देखिएको छ । मोरङको विराटनगरका तीन महिलासहित २२, इलामको इलाम नगरपालिकामा आठ र माईमा एक जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ९२२ पुगेको छ । यस्तै प्रदेशमा आज १२ जना सङ्क्रमितहरु निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत आठ महिलासहित १२ जना घर फर्केका छन् । प्रदेशमा निको भई घर फर्कने सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ । (रासस)

वि.सं.२०७७ साउन ११ आइतवार २०:५२ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...