back
CTIZAN AD

पुनः मौसम सक्रिय हुने देखिएपछि ७७ जिल्लामै परिपत्र

वि.सं.२०७७ साउन ११ आइतवार

639 

shares

११ साउन, काठमाडौँ । मनसुन न्यून चापीय क्षेत्र नेपाल नजीक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो । “सबै जिल्लाका जोखिम क्षेत्र पहिचान भएको ठाउँमा अग्रिम टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री दुरुस्त राख्न भनिएको छ”, प्राधिकरणका प्रमुख अनिल पोखरेलले भने, “सम्भावित क्षति रोक्न क्षमताले भ्याए सम्मको उच्च तयारी गरिरहेका छौँ ।”

यसअघि उच्च तयारी हुँदाहुँदै पहिराका कारण मुलुकले ठूलो क्षति बेहोरेको छ । यस वर्ष बाढीपहिरो र चट्याङबाट १८१ जनाले ज्यान गुमाइसकेका छन् भने ५१ जना अझै बेपत्ता छन् । सबैभन्दा बढी १२८ जनाको पहिराका कारण मृत्यु भएको छ । भोलि सोमबार साँझदेखि विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने भएकाले क्षति रोक्न आवश्यक तयारी थालिएको र सर्वसाधारणलाई जोखिम क्षेत्रमा नबस्न भनिएको छ । यसअघि दुईपटक यसरी नै लगातार भारी वर्षा भइसकेको छ ।

पोखरेलका अनुसार स्थानीय तह र प्रदेश सरकारसँग समेत समन्वय गरेर विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ । जिल्ला प्रशासनलाई सञ्चारमाध्यामबाट आवश्यक सूचना प्रवाह गर्न तथा सुरक्षा निकाय, रेडक्रम एवं सरोकारवाला निकायलाई समेत परिचालन गर्न निर्देशन भएको पोखरेलले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजीक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी १२ देखि १६ गतेसम्म नै मौसम सक्रिय हुने जनाएको छ । सोही क्रममा पर्याप्त जलवाष्पयुक्त हावासमेत नेपाल आउनेछ ।

यसले मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही स्थानमा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा गराई पहिरो र बाढीको जोखिम रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, “अस्ति साउन ४, ५ गतेको जस्तै वर्षाको सम्भावना छ, त्यसैले सर्वसाधारणले उच्च सावधानी अपनाउनुपर्छ ।”

विभागका अनुसार साउन १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रदेश र प्रदेश नं ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको छ । प्रदेश १ वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान छ ।

त्यस्तै प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौला तथा साना खोलानालामा समेत बहाव बढ्ने कुनै स्थानमा आकस्मिक बहाव आउने तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विभागले आज एक विज्ञप्ति जारी गरी बाढी र मौसमसम्बन्धी दैनिक बुलेटिन हेर्न, बाढी पूर्वसूचना र मौसम पूर्वानुमानका साथै मोबाइलमा आउने एसएमएसबारे अद्यावधिक रहनसमेत सूचित गरेको छ । मौसमको अवस्थाबारे जानकारी लिनु परेमा ४११३१९१ र बाढीका लागि ११५५ नम्बर चौबिसै घण्टा खुला रहने जनाइएको छ । नेपालमा यसपालि जेठ ३० बाट मनसुन सक्रिय भएको थियो । असार २५ देखि २९ गतेसम्म न्यून चापीय रेखा नेपाल नजीक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । यस्तै साउन ४ देखि ६ गतेसम्म पुनः मनसुनी वर्षा भएको थियो ।

प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक औसतभन्दा बढी वर्षा हुँदा जमीन पूर्ण रुपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र भाग चलायमान गराइसकेकाले सामान्य पानी पर्दासमेत सचेत हुनुपर्ने मौसमविद्को भनाइ छ । पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमीन गलिसकेकाले थोरै पानी पर्दा पनि अन्य क्षेत्रमा समेत पहिरो खस्न सक्ने तथा नदीमा एक्कासि बाढी बढ्ने भएकाले सावधानी अपनाउन भनिएको छ । (रासस)

वि.सं.२०७७ साउन ११ आइतवार २१:०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...