back

भूकम्पपीडितले अहिलेसम्म परिचयपत्र समेत पाएनन्

वि.सं.२०७३ पुस १५ शुक्रवार

711 

shares
GLOBAL IME AD
NTC AD

१५ पुस,काभ्रे। भूकम्प गएको २० महिना वितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाउनसकेका छैनन् । उक्त क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ ।

परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँदासमेत केही राहत नमिलेको स्थानीय लक्ष्मीकुमारी दनुवारले बताउनुभयो ।
‘यो ठाउँका सबैको खान लाउनसमेत नपुग्ने अवस्था छ ।’ दनुवारले भन्नुभयो, ‘आफ्नो पनि तीनजना परिवारको आर्थिक अवस्था एकदमै नाजुक छ यहाँका प्रायः सबै स्थानीयवासी अरुकै जग्गामा टहरा हालेर बस्न बाध्य छन् ।’
आफ्नो आयस्रोतको प्रमुख माध्यम नै खेतीपाती रहेको र खेतीपातीबाट छ महिनालाई समेत खान नपुग्ने अवस्था रहेको त्यहाँका अर्का स्थानीयवासी राजिव दनुवारले बताउनुभयो ।
पिछडिएका दनुवार समुदायको बसोवास अधिक रहेको सो स्थानका इन्द्रमाया दनुवार, बेली दनुवार, सविन दनुवार, मानबहादुर दनुवार, धनबहादुर दनुवार, अम्बिका दनुवारलगायतका परिवारले भूकम्पपीडित परिचयपत्र नपाउनुका साथ हालसम्म कुनै पनि राहत समेत नपाएको उनीहरुको गुनासो छ । रासस

वि.सं.२०७३ पुस १५ शुक्रवार ०८:५६ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न ।...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई...

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...